Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3055 - 3060 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-02-22, बिहिवार

मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ले सार्वजनिक प्रदर्शनभन्दा अगावै एउटा गर्विलो इतिहास रचिसकेको छ । यस वर्षको भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित मानिने ‘आइम्याक्स सिनेवर्ल्ड’मा फिल्मको प्रिमियर गरिएको थियो । यो हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो । त्यसबेला ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले समेत फिल्मलाई शुभकामना दिएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-02-21, बुधवार

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लम्बाईको ट्रेलर रङ्गेली सहरमा राज गर्न चाहने विभिन्न समूहबीचको द्वन्द्वमा केन्द्रित छ । सत्ता, शक्ति र डरको माध्यमबाट कथा भनिएको ट्रेलरमा तराईं क्षेत्रमा घटेका विविध घटना र आयामलाई पनि दृश्यमार्फत् देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-21, बुधवार

अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धीरज मगरको एकपटक फेरि फिल्ममा जोडी बाँधिने भएको छ । नयाँ फिल्म ‘रुमानी रंग’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । बिहीबार फिल्मको निर्माण घोषणा गरिँदैछ । ‘इन्टु मिन्टु लण्डनमा’पछि केही मेकरहरुले यो जोडीलाई दोहोर्‍याउन खोजेको भए पनि सम्भव हुन सकेको थिएन । अब दोस्रोपटक उनीहरु एकसाथ देखिँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-21, बुधवार
फिल्मीखबर, काठमाडौं, 2024-02-21, बुधवार

अभिनेत्री रेखा थापाले पाँच वर्षपछि अभिनयमा पुनरागमन गरेको फिल्म हो, ‘उपहार’ । फिल्म ‘मालिका’ रिलिजपछि राजनीतिमा सक्रिय देखिएकी उनले गर्भवती अवस्थामा ‘उपहार’मा काम गरेकी थिइन् । पाँच वर्षपछि फिल्ममा फर्किएकाले उनी उत्साहित देखिन्छिन् । उनको बुझाईमा ‘उपहार’ एउटा अमूल्य विषय हो । दर्शकको मनमस्तिष्कमा वर्षौंसम्म फिल्म बस्ने उनको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-21, बुधवार

मोडल नीति शाहलाई फिल्ममा डेब्यू गर्न ठूलै सकस भयो । चारवटा फिल्म सम्झौता गर्दा समेत कुनै बन्न सकेनन् । यसपछि फिल्म ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी उनी अब अर्को फिल्ममा जोडिएकी छन् । ‘कसले चोर्‍यो मेरो मन’का निर्देशक सविन श्रेष्ठको आगामी फिल्म ‘रुखान’मा नीतिले मुख्य भूमिकामा काम गर्न लागेकी हुन् । मंगलबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो ।

Results : 3055 - 3060 of 23938