Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशंसालाई डेब्यू गराउँदै दीपकले सकाए ‘चिरञ्जीवी भवः’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/08/09

paran movie (2)

 

२०८२ सालको ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य (काकु)ले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन सकाएका छन् । शुक्रबार काठमाडौंमा अन्तिम दृश्य खिचिएसँगै ५१ दिनमा फिल्मको छायांकन पूरा भएको हो । गत जेठ १५ गतेबाट सुरु भएको फिल्मको छायांकन पूर्वी सहर धनकुटा र सुनसरीमा पनि गरिएको थियो । 

हजुरबुबा र नातीको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्ममा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको मुख्य भूमिका रहेको छ । मोडल तथा टिकटकर प्रशंसाको यो डेब्यू फिल्म हो । उनले यसअघि केही म्यूजिक भिडियोमा भने अभिनय गरिसकेकी छन् । फिल्ममा उनको जोडी आशीर्वादसँग बाँधिएको छ ।

आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्मातामा उमेश कुमार बराल र चिराग केसी रहेका छन् । फिल्मको कथा हास्य कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले लेखेका हुन् भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेको हो । फिल्मको निर्माणमा कुमार कट्टेल र निर्देशक आचार्यले पनि सहकार्य गरेका छन् । 

गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता रहेको फिल्ममा कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवरलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन मित्र डि. गुरुङले गर्नेछन् ।