Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन भेट्न मानेनन् मन्त्री ?

फिल्मीखबर, काठमाण्डौ, 2013/01/01

राष्ट्रिय चलचित्र बचाऊ अभियानको नारा लिएर केहि फिल्मकर्मीहरूले नौ बुँदा माग राख्दै दुई साता अघि अनसन बसे । सञ्चारमन्त्री राजकिशोर यादवले चार दिन पछि अनसन तोडाउँदै माग गरिएका नौ बुँदा मध्ये चार बुँदालाई तत्काल पूरा गर्ने प्रतिबद्धता जनाउँदै दुई पक्ष बिच हस्ताक्षर गरे । तर, उनले गरेको प्रतिबद्धता अहिले सम्म पूरा हुन सकेको छैन ।

 

करिब चार महिना देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा मन्त्री यादवले भोली पल्टै क्याबिनेटको बैठकबाट पास गराएर नियुक्त गर्ने बताएका थिए । तर अहिले सम्म पनि मन्त्री यादवले सो कुरा पूरा गर्न नसके पछि केहि फिल्मकर्मीको टोली दुई दिन देखि मन्त्री यादवलाई भेट्न सञ्चार मन्त्रालय धाएको छ । तर, मन्त्री यादवलाई भेटेर वाचा गरेको कुरा किन पूरा गरिएन भन्दै आधिकारिक धारणा माग्ने ति फिल्मकर्मीको योजना पूरा हुन पाएको छैन । किनकी, मन्त्री यादव व्यस्त रहेको भन्दै भेट्न दिईएको छैन ।

 

आखिरमा मन्त्री यादवलाई किन भेट्न दिईएन ? के मन्त्री यादवले नै भेट्न नचाहेका हुन् त ? अथवा, उनलाई भेट्न नदिने कुनै षड्यन्त्र त भईरहेको छैन ? प्रश्न गम्भिर छ । यसअघि मन्त्री यादवलाई सजिलै भेटेका फिल्मकर्मीले यसपाली भेट्न नपाउँदा थुप्रै प्रश्नहरू उब्जिनु स्वाभाविक नै हो । विश्वस्त स्रोतका अनुसार मन्त्री यादवलाई बोर्ड अध्यक्ष तत्काल छनोट नगर्न दबाब दिएको बुझ्नमा आएको छ । त्यसैले पनि भोली पल्टै अध्यक्ष चयन गर्छु भनेका मन्त्री यादव अहिले सम्म चुप लागेर बस्नुलाई अर्थपूर्ण तरिकाले समिक्षा गर्न सकिन्छ ।
 

 

अघिल्लो सहमतीय समाचार : चार दिनमा तोडियो अनसन/ चार बुँदामा दुई पक्ष सहमति (फोटो फिचर)