Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघ २६ मा पुर्‍याईयो `पदमिनी`

फिल्मीखबर, काठमाण्डौ, 2013/01/01

पौष २७ मा रिलिज गर्ने भनेर प्रचारप्रसार गरिएको फिल्म 'पदमिनी' को पौष २७ मा रिलिज गर्ने भनेर प्रचारप्रसार गरिएको फिल्म 'पदमिनी' सरेर माघ २६ मा पुगेको छ । पोष्टप्रोडक्सनको काम सकिने अवस्था नदेखेको र क्यू सिस्टमबाट पौष २७ मा रिलिज गर्ने अवस्था नदेखेको भन्दै निर्माण युनिटले रिलिज डेट हेरफेर गरेको हो ।

 

फिल्मको रिलिज मिती मात्र हैन निर्माण युनिटले कम्पनीको लोगो पनि परिवर्तन गरेको छ । केहि समय अगाडी रिलिज गरिएको प्रोमोमा राखिएको निर्माण कम्पनी श्री गणेश फिल्म्सको लोगो बलिउडको चर्चित व्यानर यशराज फिल्म्सको लोगोसँग मेल खाएपछि चौतर्फी आलोचना खेपेकाले उक्त लोगो हटाएर नयाँ लोगो सहितको प्रोमो लिरिज गरिएको हो । निर्माता बसन्त कुमार श्रेष्ठले सानो कुराले गर्दा पनि फिल्मलाई असर पर्नसक्ने सम्भावना देखेर लोगो नै परिवर्नत गरेको बताए ।

 

राम प्यासीले निर्देशन गरेको यो फिल्ममा निशा अधिकारी, अनिल थापा, सरिता गिरी, सुनिल दत्त पाण्डे लगायतले अभिनय गरेका छन् । फिल्ममा निशा हिस्टेरिया रोगीको भुमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको कथा पनि निशाकै वरिपरी घुमेको निर्देशक प्यासीको भनाई छ । अर्का निर्माता छिरिङ दोर्जे लामाको कथा तथा सहायक निर्देशक अनमोल शर्माको पटकथा तथा संवाद रहेको यो फिल्ममा चेतन सापकोटाको संगीत, योगेन्द्र श्रेष्ठको द्धन्द तथा शिब ढकालको छायाँकन रहेको छ ।