भोली शुक्रबार कतारको दोहा सिनेमा हलमा नेपाली फिल्म 'नाईन ओक्लक' को बिशेष प्रदर्शन गरिंदै छ । गतसाता कतार आईपुगेका फिल्मका निर्देशक बाबुराम ढकाल र लेखक प्रकाश पुरी सहितको एक टिमले बिशेष प्रदर्शनका लागि भव्य तयारी गरेको छ ।
लेखक पुरीकै संयोजकत्वमा यो फिल्मलाई बिहान र दिउँसो गरी दुई पटक प्रदर्शन गरिने बताईएको छ । फिल्मलाई पहिलो पटक कतारमा प्रदर्शन गर्न लागिएकाले पनि यहाँका दर्शकहरू फिल्म हेर्न आतुर रहेको पाईएको छ । जसको मुख्य कारण फिल्मको स्क्रिप्ट बिबाद नै हो । सुटिङ पूर्व फिल्मको स्क्रिप्ट नै भल्गर भएको भन्दै विकास वोर्डको स्क्रिप्ट छानविन समितीले यो फिल्मलाई सुटिङको अनुमती दिएको थिएन । छानबिन समिती नै टिक्न नसकेपछि यो फिल्मको सुटिङ गरिएको हो ।

निर्देशक ढकालले फिल्मको कथा सेक्स केन्द्रित नभएको र नायिका सुमिना घिमिरेले सेक्स केन्द्रित फिल्म भन्दै दर्शकलाई दोधारमा पारिएको यो फिल्मलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । कतारमा सेन्सर गर्दा भने केहि झन्झट निर्माण टिमले बेहोर्नु परेको थियो । आर्यन फिल्म्सको व्यानरमा रमेश संवेदनाले निर्माण गरेको यो फिल्ममा सुमिना घिमिरे र ध्रुब दत्तको मुख्य भुमिका रहेको छ । फिल्ममा अभिनेत्री करिष्मा मानन्धरको आईटम डान्स हेर्न सकिनेछ ।
फाल्गुन ११ गते नेपालमा रिलिज गरिन लागिएको यो फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् भने सम्पादन विपिन मल्लले गरेका हुन् । कन्काईष्ट राईको संगीत रहेको यो फिल्ममा ब्याकग्राउण्ड म्युजिक मोहित मुनाल र करियोग्राफी कविराज गहतराज र पूर्नम राईको रहेको छ । कतार प्रदर्शनमा भर्खरै मात्र सुटिङ सकेर रमाईलो गर्न आएका सबिन श्रेष्ठको पनि उपस्थिती रहने छ ।

