Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20425 - 20430 of 24003
फिल्मीखबर, काठमाण्डौ, 2012-11-20, मंगलवार

कहिले आर्थिक समस्या त अखिले कलाकारको समस्या अनि कहिले अन्य प्राबिधिक समस्यामा रूमल्लिएको फिल्म 'म अनि तिमी' को एक बर्ष पछि आजबाट पुन: सुटिङ शुरू गरिएको छ ।

फिल्मीखबर, दार्जिलिङ, 2012-11-20, मंगलवार

'मन होस् त निलिमाको जस्तो', कष्ट्यूम स्टाईलिष्ट निलिमा शर्मा तर्फ ईङगीत गर्दे दार्जिलिङ बासीले सोमबार साँझ भन्दै थिए जति बेला नेपालबाट दार्जिलिङ आईपुगेकी निलिमाले करिब एक लाख बराबरको सहयोग सामग्री हस्तानतरण गरेकी थिईन् ।

अनुप भट्टराई, दार्जिलिङ, 2012-11-20, मंगलवार

सम्भवत यस किसिमको अडियो विमोचन नेपाली रजतपटमा पहिलो पटक हुनुपर्छ जुन फिल्म सुटिङका लागि फ्लोरमा गएको एक हप्ता पश्चात भएको हो । सुरज सुब्बाको निर्देशनमा फ्लोरमा गएको वितेका पल फिल्म यूनिट तीन दिन देखि दार्जिलिङमा छ ।

अनुप भट्टराई, दार्जिलिङ, 2012-11-20, मंगलवार

नेपाली भाषी नागरिकहरुको बाहुल्य रहेको दक्षिण भारतको दार्जिलिङ स्थित कालिङपोङमा फिल्म सिटी निर्माण हुने भएको छ । बलिउड सहित नेपाली फिल्मकर्मीलाई पहिलो प्राथामिकतामा राख्दै दार्जिलिङ प्रशासनले फिल्म सिटी निर्माणको योजना अघि सारेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-19, सोमवार

'एउटा अर्न्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुँदा भारतका केहि प्रख्यात फिल्मकर्मीलाई नेपाली फिल्मकर्मीको बारेमा सोध्दा एक जनाको पनि नाम लिन नसक्दा म निकै दु:खित भएँ', फिल्मकर्मी अनिल संग्रौलाले भने, 'अब हामीले यो दुरीलाई कम गर्नुपर्छ ।'

फिल्मीखबर, काठमाण्डौ, 2012-11-19, सोमवार

गत भाद्र १२ गते चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट गणेश भण्डारीले राजिनामा दिए पछि नेपाल सरकारले अहिले सम्म पनि नयाँ अध्यक्ष चयन गर्न सकेको छैन । नेपाली फिल्मको सबै भन्दा ठूलो संस्था विकास बोर्डमा अध्यक्ष पद खाली हुँदा फिल्मकर्मीले आफूलाई टुहुरो महसुस गरिरहेको अवस्थामा सरकार भने मौन देखिएको छ ।
 

Results : 20425 - 20430 of 24003