रिले अनसन बस्न फ्यामेलियर फेस बढिरहेका बेला आज नन्दिता केसीको पालो परेको छ । उनी मध्यान्न १२ बजे देखि भोली मध्यान्न १२ बजे सम्मका लागि निराहार अनसनमा उत्रिएकी हुन् ।
अनसनमा उत्रिनु अघि नन्दिताले हिजो अनसन बसेकी करिश्मा मानन्धरको अनसनलाई जुस ख्वाएर तोडाएकी थिईन् । करिश्माले चाहिं नन्दितालाई माला लगाईदिंदै कालो पट्टि बाँधिदिएर अनसनमा स्वागत गरिन् । नन्दिता अनसन बस्ने क्रममा बरिष्ठ फिल्मकर्मी यादव खरेलले सरकारले अत्यन्त सामान्य नौ बुदे मागलाई कार्यान्वयन गर्न हिचकिचाहाट गरेको देख्दा अचम्म लागेको बताए ।
बोर्डका प्रथम अध्यक्ष उनले आफ्नो पाला देखिनै बोर्ड स्वायत्तताको आवाज उठे पनि सरकारले दश बर्ष पश्चात पनि सो बिषयमा गम्भीरता नलिएको भन्दै आक्रोस पोखेका थिए । अनसनको दशौ दिन आज नन्दिताको साथमा नयाँ हिरोईन विनिता घिमिरे, राज छितिज, मिराज विक्रमकर्मा, प्रमोद खड्का र सञ्जय काउछा छन् ।


