Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालसँगै युके र अष्ट्रेलियामा छड्के रिलिजको तयारी

फिल्मीखबर, काठमाण्डौ, 2013/01/26

पछिल्लो रिलिजको क्रममा रहेका फिल्महरू मध्ये सर्वाधिक प्रतिक्षारत बनेको 'छड्के' को रिलिज नेपालसँगै युके र अष्ट्रेलियामा एकसाथ गर्ने तयारी निर्माण कम्पनी प्रिन्सेस मुभिज र रस ताण्डबले गरेको छ ।

 

फाल्गुन ११ गते नेपालमा रिलिज गर्न लागिएको छड्केलाई फाल्गुन ११ अर्थात फेब्रुअरी २२ तारिखका दिन युके र २३ तारिखका दिन अष्ट्रेलियामा रिलिज गर्ने तयारी गरेको निर्माता मध्येका एक माधब वाग्लेले फिल्मीखबरलाई जानकारी गराए । केहि समयदेखि चलिरहेको हल्ला अनुसार अष्ट्रेलियामा छड्केलाई ३० लाख नेपालीमा बेचेको कुरालाई वाग्लेले दाबीका साथ भन्दै १८ लाख एड्भान्स पनि लिईसकेको बताए । यस्तै उनले युकेमा १५ लाखमा बेचेको पनि दाबी गरे ।

 

लुट जस्तो सुपरहिट फिल्म निर्माण गरेका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको छड्केलाई लुटकै सहायक निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । ग्याङस्टार फिल्म छड्केमा सौगात मल्ल, रुविन तामाङ, दयाह्याङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, सुनिल पोखरेल, विपिन कार्की लगायतका कलाकाहरुको अभिनय हेर्न सकिनेछ । निर्देशक श्रेष्ठकै कथा रहेको यो फिल्मको छायाँकन संजय लामाले गरेका हुन् भने संगीत नाईट ब्याण्ड, सम्पादन लोकेश बज्राचार्य र दीर्घ खड्काको रहेको छ । यस्तै फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन हेर्न सकिनेछ ।