Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पप्पुलाई सार्वजनिक बहिस्कार गर्ने संघर्ष समितिको निर्णय

फिल्मीखबर, काठमाण्डौ, 2013/01/26

आन्दोलनको स्पिरिट विपरित सरकारले हिजो साँझ चलचित्र बिकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैता (पप्पु)लाई नियुक्त गरेकाले सो निर्णय अमान्य भएको भन्दै संयुक्त आन्दोलन संघर्ष समितिले पप्पुलाई सार्वजनिक बहिस्कार गर्दै विकास बोर्ड प्रवेशमा निषेध लगाउने निर्णय गरेको छ । 

 
आज मध्यान्न बिकास बोर्ड परिसरमा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितले भोलीदेखि नेपाल अधिराज्य भरिका सम्पूर्ण फिल्म हल, सुटिङ र पोष्टप्रोडक्सनका गतिविधि समेत ठप्प पार्ने निर्णय गरेको छ । यसैगरी जारी रिले अनसनलाई बोर्ड परिसरमा निरन्तरता दिने र भोलि ११ बजे देखि पप्पु नियुक्त सम्बन्धमा र नौ बुदे मागको बिषयमा पनि बृहत छलफल कार्यक्रम आयोजना गर्ने संघर्ष समितिले निर्णय गरेको छ ।
 
 'कलाकारहरुलाई  सम्मान गर्न नजान्नेले अपमान पनि नगरोस त्यसैले यो हाम्रो लागि ठूलो अपमान भएको छ ।  ' संघर्ष समितिका प्रवक्ता नवल खड्काले पत्रकार सम्मेलनमा सरकार प्रति प्रहार गर्दै भने । सरकारले पप्पुलाई नियुक्त गर्नु चार घण्टा अघि आफूहरुलाई भेटेर सो निर्णय गर्नु प्रधानमन्त्रीको कुठाराघात कदम भनेका छन् खड्काले । 
 
यसैगरी संघर्ष समितिका संयोजक राजकुमार राईले पनि सरकारको यो निर्णय अत्यन्त आपत्ती जनक भनेका छन् । आन्दोलनको दशौ दिन आजबाट चलचित्र उपकरण ब्यवसायीले समेत यो आन्दोलनमा आफ्नो सहभागिता जनाएको छ । जुन कदमले आफ्नो शक्ति बढेको संघर्ष समितिले जनाएको छ । आन्दोलनमा चलचित्र संघ बाहेक १४ वटा प्रमुख संघसंस्थाको समर्थन छ ।