Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 4.96/5.00)
Text size:-
+
-

यस्तो बन्यो रिदमको पोस्टर

फिल्मीखबर, काठमाण्डौ, 2013/01/25

भोली शनिबार अष्ट्रेलियाबाट प्रिमियर गर्न लागिएको फिल्म रिदमको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको कलर ग्रेडिङमा खप्पिस मानिएका कपिल पराजुलीले तयार पारेको प्रस्तुत सार्वजनिक पोस्टरमा नायक जीवन लुईटेल, नवनायिका निश्मा घिमिरे, कलाकार विल्सन विक्रम राईको साथमा बालकलाकार अनुभव रेग्मीलाई फोकस गरिएको छ ।

 

 

पारिवारिक प्रेमकथाको साथमा देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको फिल्म रिदमलाई विकास आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्यकै लेखन रहेको यो फिल्ममा निर शाह, स्वेता भट्टराईको साथमा डेब्यू गर्दै सोहित मानन्धरले समेत अभिनय गरेका छन् । बसन्त सापकोटाको संगीत रहेको यो फिल्मलाई वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् ।

 

 

फाल्गुन २५ गते नेपालभर एकसाथ प्रदर्शनमा ल्याउने तयारी गरिएको यो फिल्मको भोली अष्ट्रेलियाको सिड्नी स्थित सिभिक थिएटरमा प्रिमियर गरिने छ । '+९७७'ले आयोजन गरेको उक्त प्रिमियरमा फिल्मका नायक जीवन लुईटेल उपस्थित भई दर्शकसँगै बसेर फिल्म हेर्नेछन् । फिल्मको प्रिमियर शो दिउँसो ३ बजे हुनेछ भने साँझ ६ बजे पनि अर्को शो राखिएको आयोजक संस्थाका प्रमुख कुशल केसीले जानकारी गराए ।