१४ वटा संघसंस्थाले जारी गरेको आन्दोलन आजबाट चौथो चरणमा प्रवेश गरेको छ । चौथो चरणको आन्दोलन अन्र्तगत आज सात जना फिल्मकर्मीहरु आमरण अनसनमा उत्रिएका छन् ।
निर्देशक समाजका अध्यक्ष विमल पौडेल सहित सचिव एम.एस अग्रजको साथमा हिरो मुकेश ढकाल, प्राविधिक संघका महासचिव अनन्त तिमल्सिना, कलाकार निला बस्नेत र निर्देशक सूर्य रेग्मी यो आमरण अनसनमा उत्रिएका हुन् । शहिद दिवसको अवसर आवरण अनसनमा उत्रेका फिल्मकर्मीले फिल्मको विकास र आफ्ना माग पूरा गर्न सहिद हुन समेत तयार रहेको भन्दै अन्तिम श्वास रहदा सम्म अनसनबाट खुट्टा नकपाउने बताए ।
१२ दिन सम्म चलेको रिले अनसन आजबाट आमरणमा परिवर्तन हुने थाहा पाएपछि एमाले बरिष्ठ नेता केपी शर्मा ओली समेत विकास बोर्ड परिसरमा केही बेर देखिए । केपीले आमरण अनसन बस्नुलाई फिल्कर्मीहरुको सफलता भन्दै सरकार केही दिन भित्रै झुक्ने पनि बताए । उनले भने- 'तपाईहरुको माग आजबाट सुनिश्चित भयो किनकी सरकारसंग अब अर्को विकल्प छैन । त्यसैले यो आन्दोलन प्रति मेरो पनि ऐक्यबद्धता छ ।'
केपीले सम्पूर्ण माग जायज भएको भन्दै फिल्म क्षेत्रलाई पनि सरकारले पार्टी कार्यकर्ता भर्ती केन्द्र बनाईएको भन्दै आपत्ती ब्यक्त गरे । उनले हिजो रिले अनसनमा बसेका चर्चित अनुहारलाईलाई जुस ख्वाएर अनसन तोडएका थिए भने आमरणमा उत्रिएकाहरुलाई माला लगाएर प्रोत्साहन गरेका थिए ।
मुडभेटको परिस्तिथी तर्फ गईरहेका बेला आज रिपोर्टस क्लबले पनि यो आन्दोलनमा ऐक्यबद्धता जनाउदै बोर्ड परिसरमै पत्रकार सम्मेल आयोजना गरेको थियो । जहाँ क्लब अध्यक्ष ऋषि धमलाले देशभरिका सञ्चारकर्मीहरु फिल्मकर्मीहरुको पक्षमा उभिन तयार रहेको बताए । उठाईएका नौ बुँदे अन्र्तगत बोर्ड अध्यक्षमा धर्मेन्द्र मरवैता (पप्पु)को नियुक्ती प्रक्रियामा पुर्नविचार गर्नु अडानका साथ फिल्मकर्मीहरु निर्णायक आन्दोलनमा आजबाट होमिएका हुन् ।
















