
अभिनेत्री तथा निर्मात्री निशा अधिकारी कार्यकारी निर्माता रहेको फिल्म ‘माया प्रीति’मा ‘एक्टर’ डेब्यु गर्ल अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा देखिँदैछिन् । यसमा उनको जोडी कोसँग बाँधिनेछ भन्ने निश्चित भइसकेको छ । फिल्मवृतमा भने अभिनेता प्रदीप खड्काको नाम चर्चामा छ । तर, शुक्रबार निर्माण टिमले एक पोस्टरमार्फत दिव्याको जोडीका लागि अडिसन आह्वान गरेको छ ।

अचेल नेपाली फिल्मलाई एकल रिलिजको अवसर विरलै मिल्ने गरेको छ । फिल्म निर्माणको संख्या बढ्दा एउटै मितिमा २/३ वटा फिल्म भिडिरहेका हुन्छन् । गत साता मात्र तीनवटा फिल्म प्रदर्शनमा आएका थिए । तर, फिल्म ‘होस्टेल ३’ले भने एकल रिलिजको दुर्लभ अवसर पाएको छ । शुक्रबारदेखि प्रदर्शनमा उत्रिएको यो फिल्मसँग बक्स अफिस स्पर्धामा अरु कुनै नेपाली फिल्म छैनन् ।

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी आमा हेमाकुमारी मल्लको ८८ वर्षको उमेरमा बिहीबार दिउँसो २:१५ बजे उपचारको क्रममा शहीद गंगालाल अस्पतालमा निधन भएको छ । उनी लामो समयदेखि मुटुको समस्याबाट पीडित थिइन् ।

आगामी चैत ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘११:५५’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे तीन मिनेट लम्बाईको ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सम्पत्तिका लागि भएको धोका, षड्यन्त्र र अपराधलाई केन्द्रमा राखिएको छ । फिल्मको कथा मध्यराति ११ः५५ बजे घटेको एउटा घटनामा केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।

यही फागुन २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘आउट ल : दफा २१९’बाट अभिनेता सुशील श्रेष्ठले ५ वर्षपछि कमब्याक गरेका हुन् । यसमा उनी एक्सन भूमिकामा छन् । उनले ज्यानलाई जोखिममा राखेर समेत फिल्मका लागि दृश्य दिएका छन् । फिल्मका दुई दृश्यमा उनको शरीरको पछाडिको भाग र हातमा आगो बालिएको छ । यस्तो दृश्य उनले फिल्ममा पहिलो पटक दिएका हुन् ।

‘स्टार’ जन्माउने फ्रेन्चाइजको रुपमा चिनिएको ‘होस्टेल’को तेस्रो श्रृंखला यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘टिकटक स्टार’देखि ‘स्टार किड्स’सम्मको अभिनय रहेको फिल्मलाई एकल रिलिजको दुर्लभ अवसर मिलेको छ । शुक्रबार रिलिजमा दुई हलिउड फिल्म भए पनि नेपालीतर्फ ‘होस्टेल ३’ एक्लै लाग्दैछ । यसैले देशभरका मल्टीप्लेक्सहरूमा फिल्मले राम्रो शो पाएको छ ।