
म्यूजिक भिडियो निर्देशनमा स्थापित सुव्रत आचार्य ८ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म ‘हजारौँमा एक’को शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ । एक्सन–एड्भेन्चर विधामा बन्ने फिल्मलाई निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनले निर्माण गर्नेछ ।

आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक यस गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने ‘नेपाल आइडल सिजन २’का विजेता रवि ओड र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ ।

नेपालको ऐतिहासिक सिनेमा हलमध्ये एक गुण सिनेमा ४ वर्षपछि पुनः सञ्चालनमा आएको छ । २०७९ सालमा नयाँ भवन निर्माणका लागि बन्द भएको हल अत्याधुनिक प्रविधिसहित शुक्रबारबाट सञ्चालनमा आएको हो । ८ वटा पर्दा रहेको हलमा १ हजार ४२५ सीट क्षमता छ । हलको व्यवस्थापनको जिम्मा देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफक्सले लिएको छ ।

फिल्मको गीतविरुद्ध चलचित्र विकास बोर्डमा उजुरी दिने तयारीमा समेत शिक्षकहरू रहेको बुझिएको छ । शिक्षा अभियन्ता रमेशबाबु भट्टराईले शुक्रबार बोर्ड र सूचना तथा सञ्चार मन्त्रालय मातहतको सेन्सर बोर्डमा गीतविरुद्ध उजुरी दिँदैछन् । गीत प्रतिबन्ध नभए फिल्मविरुद्ध कानुनी लडाइँमा जाने तयारीमा शिक्षक महासंघ रहेको जनाइएको छ ।

विगत दुई महिनादेखि नेपाली फिल्मको व्यापार सुस्ताएको छ । वैशाख २५ गते प्रदर्शनमा आएको ‘लालीबजार’पछि कुनै फिल्मले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गर्न सकेनन् । असारमा त कुल व्यापार ५० लाख पनि पुग्न सकेन । यो निराशाबीच आज शुक्रबारबाट नयाँ फिल्म ‘गौँथली’ प्रदर्शनमा आएको छ । यो फिल्मप्रति धेरैले ठूलो आशा राखेका छन् ।

अभिनेता तथा निर्माता दिल श्रेष्ठ दर्शकमाझ कम परिचित भए पनि अभिनयमा आफ्नो प्रभाव भने छाडेका छन् । २०६८ सालमा प्रदर्शन भएको फिल्म ‘पर्खि राख है’बाट उनले अभिनय यात्राको श्रीगणेश गरेका थिए । यसपछि करिब ६ वर्ष व्यक्तिगत र व्यावसायिक जीवनमा व्यस्त रहेका उनले २०७४ सालमा प्रदर्शन भएको फिल्म ‘हिरो रिटर्न्स’बाट कमब्याक गरे ।

