Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एभरेष्ट चढ्ने हिरोलाई झण्डा हस्तान्तरण

फिल्मीखबर, काठमाण्डौ, 2013/03/05

फिल्मको सफलता उनका लागि हातमा लाग्यो शून्य जस्तै छ यध्यपी असफलताबाट कहिलै नडराउने भन्दै हिरो अर्जुन कार्की माउन्ट एभरेष्ट (सगरमाथा) चढ्ने भएका छन् । 

 

आउदो चैत पाँच गते बिहान आरध्यदेव पशुपतिनाथमा चढाईएको जल लिएर उनी एभरेष्ट चढ्ने तयारीमा छन् जसको औपचारिक जानकारी आज प्रेस मिट गरी कलाकार संघले गराएको छ । अर्जुनले 'बाल शोषण महिला हिंसा यौन दुराचारले कलंकित भो मानव जाति रोकौ सद्ब्यबहारले' भन्ने नाराका साथ एभरेष्ट चढ्न लागेका हुन् ।
 
 
८ हजार ८ सय ४८ मिटर माथिको एभरेष्टको चुचुरोमा उनले पशुपति नाथको पवित्र जल चढाउने छन् भने नेपालको राष्ट्रिय झण्डा सहित कलाकार संघको झण्डा समेत फर्फराउने उद्देश्य राखेको कार्यक्रममा बताए । अर्जुनलाई  कलाकार संघको झण्डा आजै अध्यक्ष नवल खड्काले प्रेस मिटमा हस्तान्तरण समेत गरेका छन् । 
 
 
स्टण्ड गर्न रुचाउने हिरो अर्जुनको यो साहसिक कदमबाट समग्र फिल्म उद्योगले गौरव गर्ने अबसर पाएको प्रेस मिटमा उपस्थित बरिष्ठ फिल्कर्मीहरुले तर्क गर्दै उनलाई शुभकामना दिएका छन् । हाल सम्म चौध वटा फिल्ममा लिड रोल गरिसकेका अर्जुनले ३ वटा फिल्ममा सेकेन्ड लिड गरेका छन् । उनी नेपाली रेस्लिङ्गका पहिला खेलाडी पनि हुन् । उनलाई रेस्लिङ्गको फिल्डमा नेप्लीज लायनले चिनिन्छ । चैत्र पाँच गते देखि सुरु हुने उनको सगरमाथा मिसनमा ३३ जना विदेशी र उनी सहित २ जना नेपाली छन् । 
 
 
 
 
राज हमालको बिषयमा संघको आपत्ती 
 
मानव तस्करीको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेका कलाकार राज हमाल पक्राउ सम्बन्धमा भारतीय सञ्चारमाध्यमले सम्प्रेशण गरेको सनसनी पूर्वक समाचार प्रति कलाकार संघले गम्भीर ध्यानकर्षण भएको भन्दै सो समाचार प्रस्तुत शैली प्रति आपत्ती जनाएको छ । 
 
संघले सामान्य कलाकारलाई  सुपरस्टार भनी सम्बोधन गरेको बिषयले नेपाली कलाकार र नेपालकै छविमा नकारात्मक प्रभाव पार्ने अभिष्टले भारतीय सञ्चारमाध्यमले पित पत्रकारिता गरिरहेको आरोप पनि लगाएको छ । यस्तै संघले राज हमालको केस कोर्टमा विचाराधिन अवस्थामा रहेकाले सो बिषयमा आफूहरु प्रवेश गर्न नचहाने भन्दै एक जना नेपाली त्यो पनि कलाकारमाथि लागेको यो मुद्धामाथि संघ चिन्तित रहेको उल्लेख गर्दै विना आग्रह पूर्वाग्रह मुद्दाको न्यायिक निरुण होस भन्ने चाहना राखेको छ ।