कहाँ भेटिएला पश्चात शम्भुजित बाँस्कोटाले कुनै पनि फिल्मको गित रेकर्ड मुम्बईमा गरेका थिएनन् तर चार बर्षपछि पुनः उनलाई सोही टिमले मुम्बईमा गीत रेकर्डिङ गर्ने वातावरण जुराईदिएको छ ।
नेपाः मुभिज मार्फत बन्न लागेको श्रीकृष्ण श्रेष्ठको नयाँ फिल्म कोहिनुरका लागि शम्भुजितले चार गीतलाई आफ्नो संगीतमा रेकर्ड गराउदैछन् जसका लागि आज उनी क्याप्टेन आकाश अधिकारीसंगै मुम्बई प्रस्थान गरेका छन् । 'हामी पन्ध्र दिन पश्चात सवै काम सकेर फर्किनेछौ,' डाईरेक्टर अधिकारीले फिल्मीखबरसंगको कुराकानीमा भने । गीत रेकर्ड चाहि मुम्बई सात बंङ्गला अंधेरी स्थित गायक कैलाश खेरेको स्टूडियोमा हुनेछ ।
गीतमा उदित नारायण झा र दीपानारायण झा सहित साधना सरगमको स्वर रहने करिब फाईनल स्थिती रहेको बताईएको छ । यध्यपी स्विचवेशनले गायक गायिकामा हेरफेर पनि हुन सक्ने कोहिनुर टिमको तर्क छ । गीत रेकर्डका लागि किन मुम्बईको स्टूडियो रोजियो भन्ने प्रश्नमा जीत बाबु (शम्भुजित)ले क्वालिटी भएकै कारण मुम्बईमा गीत रेकर्ड गराउन आफूलाई ईच्छा लाग्ने र सोही विशेषतालाई श्रीले समेत बुझेकाले मुम्बई रोजिएको बताए । .jpg)
.jpg)
यता डाईरेक्टर अधिकारीले पनि आफ्नो पछिल्लो फिल्म काठमाण्डूको गीत रेकर्ड चार बर्षअघि मुम्बईमै गराएका थिए जुन यात्रा पुनः देखिएको छ उनको हकमा पनि । उनी पनि फिल्म चल्ने पहिलो एलिमेन्टस म्यूजिक रहेको तर्क गर्दै यसमा कम्प्रमाईज गर्न नहुने तर्क गर्छन् ।
डाईरेक्टर अधिकारी सहित सुन्दर श्रेष्ठ, किरण खरेल र कृष्णहरी बरालले यो फिल्मका लागि गीत लेखेका छन् जसमा टाईटल संङ डाईरेक्टरको रहने छ । गीत रेकर्डलाई प्रत्यक्ष नियाल्न श्री स्वेता खड्कासंग गत बिहिबार मुम्बई पुगिसकेका छन् । उनीहरु तीन ठाँउमा आयोजना हुन लागेको साँस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले तीन दिन अघिनै मुम्बई गएका हुन् ।
असार मध्य सम्म फ्लोरमा जाने भनिएको मेघा बजेटको यो फिल्मको थप रहस्य गीत रेकर्डिङ पश्चात सार्वजनिक गर्ने कोहिनुर क्याप्टेन अधिकारीको भनाई छ ।
कोहिनुरसंग सम्बन्धीत यस अघिका न्यूज लिंक
:

