फिल्म निर्माण ईजाजतका लागि दश लाख धरौटी राख्ने गरिएको प्रस्तावले क्रिएसनमा हस्तक्षेप भएको भन्ने आरोप बढेपछि डाईरेक्र्टस गिल्डले उक्त निर्णय फिर्ता लिएको छ ।
एक हप्ताअघि बसेको कार्यसमिति बैठकले फिल्म निर्माण पूर्व दश लाख धरौटी अनिवार्य गरियोस भन्दै फिल्म डेभलपमेन्ट बोर्डलाई पत्रचार गरेको थियो जुन निर्णयलाई गिल्डले मंगलबार फिर्ता लिएको जनाएको छ । गिल्डले दश लाख धरौटी रकमको मागले श्रम शोषण न्यूनिकरण अर्थात फिल्म निर्देशन पश्चात समेत प्रोड्यूसरहरुबाट नपाईने पारिश्रमिकको अवस्थालाई न्यूनिकरण गर्न मद्दत पुर्याउने तर्क सहित यो प्रस्ताव सहितको पत्र बोर्डमा पठाएको थियो तर अधिकाश निर्देशकहरुबाट यो प्रस्तावमा असन्तुष्टी बढेपछि उक्त निर्णय तत्कालका लागि फिर्ता लिईएको महासचिव ऋषि लामिछानेको भनाई छ ।
निर्णय फिर्ताका लागि गरिएको पत्रचारसंगै कुनै पनि फिल्मको सेन्सर पूर्व आफ्नो सस्थाबाट नो अब्जेक्सन लेटर लिएर मात्र सेन्सर सिफारिस गर्ने ब्यवस्था मिलाउन चाहि गिल्डले बोर्ड समक्ष अनुरोध गरेको छ ।

