सुटिङ सुरु भएको आठौ दिनका दिन आज लोफर सुटिङ सेट जोईन गरेका छन् आर्यनले । छविराज प्रोडक्सनको यो फिल्ममा आर्यन लिड हिरो भनिएपनि बास्तविकता त्यस्तो नरहेको श्रोतको भनाई छ । श्रोत भन्छ- '१५ सिन भन्दा ज्यादा छैन आर्यनको यो फिल्ममा ।'
श्रोतका अनुसार दयाहाङ राई नै लोफरका लिड हिरो हुन् जसको वरीपरि लोफर कथा घुमेको छ । दया सहित यो फिल्ममा सुशिल पाण्डे, कमलमणी नेपाल, अनुपम शर्मा, सागर लम्साल र रजनी केसी देखिनेछन् । रजनी छविको नयाँ हिरोईन हुन् जो रेखासंगको निकटता टाढिएसंगै छवि क्याम्पमा ईन्ट्री भएकी हुन् ।
ललितपुरको गोदाबारीमा सुटिङ भईरहेको एक्सन कमेडी लोफरलाई आदित्य लम्सालल डाईरेक्सन गरेका छन् । आदित्य पनि छविकै ब्यानरबाट डाईरेक्सनमा डेब्यू गर्न लागेका हुन् । चार बर्षपछि आर्यनलाई पुनः आफ्नो क्याम्पमा ल्याएपछि छविले आर्यनको बखान ज्यादा गर्न थालेका छन् आजकाल ।
आर्यनलाई छि कस्तो हिरो भनेका थिए छविले

किस्मत कास्ट सेलेक्सनको क्रममा उज्जवल घिमिरेले आर्यनलाई डोर्याएर ल्याएपछि पुरानो बानेश्वर स्थित नमस्ते नेपालको अफिसमा आर्यनलाई छि कस्तो हिरो भनेका थिए छविले । तालु अलि अलि खुईलिएका कारण आर्यनलाई अफस्क्रिन हेर्दा मन नपराएका छविले जव उज्जवलको प्रेसरमा आर्यनलाई फिल्ममा खेल्न स्वीकृति दिए त्यसपश्चात सेटमा देखिएको मेकअप लुक्स र पर्फमेन्सले आर्यनसंग छवि प्रभावित भएका थिए जुन यात्रा क्रमश: किस्मत, हिफाजत र कस्ले चोर्यो मेरो मन सम्म आईपुग्दा अत्यन्त घनिष्ट बन्यो । यति सम्मकी कि छविलाई आर्यनले मामु समेत भनेर सम्बोधन गर्न थाले । तर कोही मेरो रिलिजको क्रममा दिएको एक ईन्टरभ्युमा झरना बज्राचार्य कि रेखा थापा भन्ने प्रश्नमा आर्यनले झरना भनिदिएपछि उनीहरुको घनिष्टताको बाधक बनिन् रेखा ।
ईन्टरभ्यूमा रेखालाई प्राथामिकता नदिएको भन्ने बहसले आर्यनले छविका अन्य फिल्म अन्दाज, रावण र हमेशा पनि खेल्न पाएनन् जुन क्रममा सविन श्रेष्ठको जन्म भयो छवि ब्यानरमा र तिनै सविनले कस्ले चोर्यो मेरो मन पश्चातका छविका तीन वटा फिल्ममा लगातर काम गरे । तर, यसपटक रेखासंगको सम्बन्धमा पूर्ण विराम लागे पश्चात पुनः आर्यन छवि क्याम्पमा प्रवेश गरेका हुन् ।

