Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

व्यस्त हुन म्युजिक भिडियोमा जीवन !

फिल्मीखबर, काठमाण्डौ, 2013/05/13

दिन प्रतिदिन फिल्म असफल हुँदै गएका छन् जसले गर्दा निर्माणमा पनि खासै तिब्रता देखिएन । बनिरहेका केहि फिल्ममा पुराना भन्दा पनि नयाँ अनुहारको हाबी हुन थालेको छ । त्यसैले त नेपाली फिल्म उधोगका स्टारहरू पछिल्लो समय फुर्सदमा देखिन्छन् ।

 

फुर्सदको समयको सदुपयोग गर्दै हिरो हुन् या हिरोईन म्युजिक भिडियो गरेर भएपनि व्यस्त बन्ने गरेको पाईन्छ । म्युजिक भिडियोमा खासै देखिन मन नगर्ने जीवन लुईटेल पछि आफूलाई व्यस्त राख्न फाट्टफुट्ट म्युजिक भिडियोमा देखिन थालेका छन् । केहि महिना अगाडी मात्र अष्ट्रेलिया भ्रमणमा पुगेका जीवनले त्यहिं नै आफूलाई व्यस्त बनाउन एउटा सर्ट फिल्म र म्युजिक भिडियो गर्न भ्याए ।

 

गायक राजकुमार गोस्वामीको एल्बम कोसिसमा रहेको 'दोष त मेरो' बोलको गीतमा अभिनय गरे । अष्ट्रेलियामा सुटिङ गरिएको सो म्युजिक भिडियोमा सुभाङ्गी कोइरालाले जीवनलाई साथ दिएकी छिन् । रजनी शाहको शब्द र सन्देश परियारको संगीतमा गोस्वामीको स्वर रहेको सो भिडियोलाई दिपेश पुनले निर्देशन गरेका हुन् । 'कहिले काहिं भिडियोमा काम गर्दा रमाईलो नै हुन्छ,' जीवनले भने- 'फुर्सदको समयलाई सदुपयोग त गर्न पर्‍यो नि !'

 

गत बर्ष उनले अभिनय गरेको मालतीको भट्टी, रिदम, नोटबुक जस्ता फिल्मका गीत हिट छन् । त्यसैले पनि कतै गीत हिट हुन्छ भनेर जीवनलाई म्युजिक भिडियोमा पो लिईएको हो कि !