Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अष्ट्रेलियाबाट १५ लाख भन्दा बढि आउँछ` : आशिफ

फिल्मीखबर, काठमाण्डौ, 2013/05/15

अहिले चर्चामा रहेको फिल्म मध्ये 'कर्कश' पहिलो स्थानमा पर्ने कुरालाई नकार्न सकिंदैन । फिल्म निर्माण टिम देखि कलाकार र पब्लिसिटी सामाग्रीले फिल्मको उचाई बढाईरहेको छ ।

 

फिल्मको चर्चा दिनप्रतिदिन बढ्दै जाँदा पहिलो पटक निर्देशक बनेका आशिफ शाह पनि दंग छन् । म्युजिक भिडियो, विज्ञापन सहित अडियो भिडियोमा राम्रो अनुभव बटुलेका शाहले फिल्म निर्देशनमा पहिलो पटक हात हालेका हुन् । 'अहिले सम्म आएको प्रतिक्रियाले निकै उत्साहित छु,' आशिफ भन्छन्- 'पहिलो प्रोजेक्ट हो त्यसैले मनमा अलि अलि डर पनि छ ।'

 

नेपालमा मात्र हैन अन्य देशमा पनि फिल्मको बारेमा राम्रो चर्चा चलिरहेको छ । 'थुप्रै देशमा रिलिजको लागि कुरा भईरहेको छ,' अष्ट्रेलियाको राईट बेचेका आशिफले भने- 'अष्ट्रेलियामा यसअघिका फिल्मले राम्रो बजार स्थापना गर्न नसक्दा सोचे अनुरूपको पैसा आएको छैन तर पनि हामी जति आउँनेछ त्यतिमा नै सन्तुष्ट हुनेछौं ।' अग्रिमेण्ट रकम खुलाउन नचाए पनि आशिफले अष्ट्रेलियाबाट मात्र १५ देखि १७ लाख रूपैंया आउने बताए । 'शोको डिमाण्ड बढ्दै छ त्यसैले सोचे भन्दा धेरै पो आउँछ कि,' हर्षित मुद्रामा उनले भने ।

 

एनपीए डटइन कम्पनीलाई कर्कश निर्माण टिमले फिल्मको अष्ट्रेलिया रिलिज राईट दिएको हो । यो फिल्म नेपालमा जेठ ३१ गते रिलिज हुनेछ भने अष्ट्रेलियामाको सिड्नीमा असार १ र ३ गते रिलिज हुनेछ । यस्तै अष्ट्रेलियाका नय शहरमा पनि रिलिज हुनेछ कर्कश तर डेट भने फाईनल भएको छैन । यस्तै अमेरिकामा पनि रिलिजको लागि अन्तिम चरणको वार्ता भईरहेको आशिफले बताए ।

 

शाब्दिक रुपमा कर्कशको अर्थ नमिठो र कानलाई बिझाउने आवाज हो तर फिल्मले भने रोचक कथालाई बोकेको आशिफको भनाई छ । आशिफ भन्छन्,'यो एउटा रकब्याण्डमा आबद्ध तीन युवाहरुको कथा हो जो ठमेलका पबहरुमा बजाउँछन् गाउँछन् ।' फिल्ममा डेब्यू गर्दै चर्चित भिजे सुरज सिंह ठकुरी लिड रोलमा छन् । यसैगरी फिल्ममा अन्य लिड एक्टरहरु सत्यराज आचार्य, रेमनदास श्रेष्ठ र दयाहाङ राई हुन् ।