करिब पाँचको उपचार पश्चात पाठेघर पिडीत अभिनेत्री मनिषा कोईरालाकोकरिब पाँच महिनाको उपचार पश्चात पाठेघर पिडीत अभिनेत्री मनिषा कोईराला रोगबाट मुक्त भएकी छिन् ।
गत मंसिर महिनामा न्यूयोर्कस्थित मेमोराइज स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा भर्ना भएकी मनिषाले आफू पूर्ण रूपमा निको भएको बताएकी छिन् । ‘मेरो आँखाबाट यो कुरा सुनेर आँसु आयो । म पूर्ण रुपमा ठिक छु । मलाई पहिलाको जस्तै स्वस्थ हुन केही समय लाग्नेछ । आफ्नो प्रार्थनाले म ठिक भएको छु भने त्यो दिन पनि छिट्टै आउनेछ जब म पहिलाको जस्तै स्वस्थ हुनेछ,' मनिषाले भनेकी छिन् ।
फुड प्वाइजनको आशंकामा शुरूमा काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषालाई क्यान्सर भएको देखेपछि मुम्बईको जसलोक अस्पताल पुर्याईएको थियो । जलसोकमा केहि दिन राखेपछि शल्यक्रियाका लागि कोईराला परिवारले अमेरिका लगेको हो ।

