Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकास कम्पनीको हलमा मोक्षको कन्सर्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/05/15

मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको फिल्म 'मोक्ष'को बाँकि रहेको सुटिङ शुरू गरिएको छ । तीन वटा कन्सर्टको सिन खिच्न बाँकि रहेको सो फिल्मको सोमबारबाट सुटिङ शुरू गरि बुधबार इन्डक्ल्याप गर्ने योजना निर्माण टिमको छ ।

 

स्वतन्त्रको अर्थ बोकेको साँगितीक फिल्म मोक्षको मंगलबार बालाजुको नेपाल चलचित्र विकास कम्पनीको हलमा कन्सर्टको सुटिङ गरियो । प्रबिन श्रेष्ठले निर्देशन गरेको यो फिल्मको कन्सर्टको सिनमा नायिका बेनिशा हमाल, डेब्यू नायक कोशिश क्षेत्रीको साथमा अन्तरालबाट डेब्यू गरेकी नायिका अशिष्मा नकर्मीको बिशेष भुमिका रहेको छ । यि बाहेक पनि फिल्ममा मनिष गोदार, विक्रम सिंह, दिपेश भण्डारी, दुर्गा बराईली, बसन्त भट्ट, सपना श्रेष्ठ, शेखर चापागाईं, रश्मी भट्ट, बिशाल ढुंगाना लगायतले अभिनय गरेका छन् ।

 

रक र पप गरी सात वटा गीत समावेश गरिएको सो फिल्ममा संजिब सिंह, मनिष गोदार, रबिन श्रेष्ठ, प्रबिन श्रेष्ठ र धिलुन राईको संगीत रहेको छ । प्रबिन श्रेष्ठको कथा, प्रज्ञान थापा र राजन कठेतको पटकथा रहेको यो फिल्मलाई रबिन श्रेष्ठ, प्रताप सिंह, हरि हुमागाईं, बिकाश श्रेष्ठ र मानष सिंहले खिचेका छन् । फिल्मका निर्माता सुनिल मानन्धर हुन् ।