Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समकालिन राजनीतिलाई गरिएको व्यङ्ग्यले खग्रास प्रिमियरमा राजनीतिज्ञ प्रभावित

अनुप भट्टराई, काठमाण्डौ, 2013/05/15

शैलेश आचार्य निर्देशित फिल्म खग्रास फिल्म आउँदो शुक्रबार देखि देशब्यापी रिलिज हुँदैछ । यो फिल्म माओवादी द्धन्दकालमा घटेका दुई प्रमुख घटनालाई प्रथामिकता दिदै समकालिन राजनीतिक अवस्थालाई चित्रण गरिएको छ जसको प्रस्तुतीले राजनीतिज्ञहरु प्रभावित भएका छन् ।


बुधबार बिहान कुमारी हलमा आयोजित प्रिमियर माहोलमा नेपाली काँग्रेसका बरिष्ठ नेताहरु प्रदीप गिरी, मिनेन्द्र रिजाल, निलाम्बर आचार्य तथा एमाले नेता प्रदीप ज्ञावालीले खग्रास फिल्मको प्रस्तुतीकरणलाई तारिफ गरे । 'म फिल्मप्रति अत्याधिक चासो राख्ने मान्छे हुँ त्यसैले यो फिल्मलाई फिल्मका रुपमा हेर्दा प्रस्तुतीकरणले स्पर्श गराएको छ,' प्रदीप गिरीको फिल्म रिभ्यू यस्तो पाईयो ।


लोडसेडिङ, नेपाल बन्द जस्ता समस्यालाई पर्दाबाट अनुभूत गर्न पाउँदा निकै प्रभावित भएको पूर्व सस्कृति मन्त्री समेत रहेका मिनेन्द्र रिजालले खग्रास प्रतिक्रिया दिए । बुढा नेता निलाम्बर आचार्यले पेट्रोटिजमको स्टोरी टेलिङले आफूलाई होल्ड गराएको प्रतिक्रिया दिए । यता निर्देशकहरु तर्फ फिल्म रिभ्यू बटुल्दा उज्जवल घिमिरेले राम्रो बिषयबस्तु तर प्राविधिक हिसावले अलि ध्यान नपुर्‍याएको फिल्म भनी खग्रास रिभ्यू गरेका छन् ।

 

अशोक शर्माले पनि फिल्मको स्टोरी अत्याधिक मन पराए तर उनको कमेन्ट चाहि लिड काष्ट सेलेक्सनमा देखियो । खग्रास हेरे पश्चात उनले भने- 'अरु ठिक छ भन्दा फरक पर्दैन तर लिड काष्ट सेलेक्सन अलि चित्त बुझेन ।' यो फिल्मको लिड रोलमा संयोग पोखरेल (धर्मा फिल्मबाट पैसाको भरमा जर्वजस्त डेब्यू गरेका कलाकार) छन् जो पूर्वमन्त्री दुर्गा पोखरेलको छोरा हुन् ।


सोसल सब्जेक्ट उठाएको खग्रासले दिनेश डिसीलाई चाहि अलि बढी ग्रिप गर्‍यो रे । डिसीले भने- 'फिल्मको सब्जेक्ट मन पर्‍यो त्यसमथि स्टोरी टेलिङको मिठो लिंकअपले मैले अरु कमजोरी नोट गर्न चाहिन ।' जर्नलिष्ट शान्तिप्रिले प्राविधिक हिसावमा केही कमजोरी देखिएपनि म्यासेजका हिसावले राम्रो प्रस्तुतीकण भएको फिल्म भनी कमेन्ट गरेका छन् खग्रासलाई ।


निलहरी काफ्ले प्रोड्यूसर रहेको यो फिल्म शुक्रबार देखि काठमाण्डूका भ्यालीका १७ र मोफसलका १५ वटा थिएटरमा रिलिज हुदैछ । फिल्ममा केही बर्षअघि नगरकोटमा एक सैनिकले अन्ध धुन्द गोली प्रहार गर्दा निर्दोष ब्यक्ति मारिएको प्रसङ्ग र माओवादीले लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई हत्या गरिएको प्रसङ्गलाई मुख्य बनाएको छ । अधिकारीको पात्र चाहि सुनिल पोखरेलले निभाएका छन् ।