पूर्वाञ्चलको धरानमा हुन लागेको नेश्नल फिल्म फेस्टिलवलका लागि एक सय सेलिब्रेटीहरुलाई प्लेन उडानबाट लगिने योजनालाई फिल्म डेभलपमेन्ट बोर्डले स्थगित गरेको छ ।
काठमाण्डूबाट मिडिया सहित करिब डेढ सय फिल्मकर्मीहरु जाने भएपछि बोर्डले बस र जहाजको दुई किसिमको यात्रा गराउनु स्वभनिय नहुने भन्दै प्लेन प्याकेज स्थिगित गरेको हो । 'कोही प्लेनमा अनि कोही बसमा त्यसैले पत्रकार देखि लिएर सवै फिल्मवालाहरु समान हुन् र मैले प्लेन प्याकेज रोकेको हुँ,' बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले भनेका छन् ।
उनले टुरिष्ट बसको अघिल्लो पङिक्तमा आफै बसेर सवै फिल्मकर्मीहरु धरान सम्म रमाईलो गर्दै लैजाने बताएका छन् । त्यसमा एक दिनको बसाई चितवन सौराहा हुने पप्पुको भनाई छ । उनले भनेका छन्- 'यहाँबाट हामी सौराहा सम्म जान्छौ र त्यहाँ एक रात बस्छौ र फेरी धरानका लागि निस्कने छौ ।'

