डिभिडीको मार्केट खस्किरहेको अवस्थामा अनलाईन मार्केटको बजार भने विस्तारिंदै गएको छ । दि स्काई मुभिज डट कम र इन्टरटेननेपाल डट कमले यसअघि नै नेपाली फिल्मको अनलाईन सेलिङ शुरू गरेका छन् । फिल्मको अनलाईन सेलिङमा अर्को वेभसाईट पनि थपिएको छ ।
नेपाली डिभिडी डट कमले नेपाली फिल्मलाई अनलाईनमा हेर्न मिल्ने सुविधा ल्याएको हो । २.९९ डलर तिरेर दर्शकले घरमा नै बसिबसि नयाँ फिल्म हेर्न पाउने छन् । नेपाल डिभिडीले अहिले के म तिम्रो साथी बन्न सक्छु, श्रीमान र कलिउडलाई अनलाईनमा राखेको छ भने नोटबुक, नेपथ्य र लंका रिलिजको तयारीमा रहेको छ ।
नेपाल र भारतबाट बढि फिल्म पाईरेसी हुने भन्दै यो वेभसाईटका सञ्चालकले नेपाल र भारतमा वेभ ब्लक गरेका छन् । वेभ सञ्चालकका अनुसार अहिले दर्शकको वेभ भिजिटिङ संख्या बढ्दो छ । अहिले अनलाईनमा फिल्म हेर्ने खासै सिस्टम बसेको छैन । तर विस्तारै यो सिस्टम बस्दै जाने वेभ सञ्चालकको विश्वास छ ।

