सगरमाथाको टुप्पो चुमेकी नायिका निशा अधिकारीलाई शुक्रबार त्रिभुवन विमान स्थलमा कलाकार संघ सहित फिल्मकर्मीहरूले स्वागत गरे । उनलाई स्वागत गर्न कलाकार संघका अध्यक्ष नवल खड्का सहितको टिम विमानस्थल पुगेको थियो ।
सहयोगीको रूपमा सगरमाथाको शिखरमा पुगेपनि निशाले कलाकारको मात्र नभई सम्पूर्ण फिल्म उधोगकै गरिमालाई उच्च बनाएको संघका अध्यक्ष खड्काले बताए । यता निशाले पनि सगरमाथा चढ्न सफल भएकोमा निकै खुसी रहेको बताईन् । कलाकार संघकी उपाध्यक्ष लक्ष्मी गिरीले निशा महिला कलाकार भएर सगरमाथाको चुचुरोमा पुगेर फर्कदा आफू निकै हर्षित भएको बताईन् ।
चैत्र २७ गते सगमाथा चढ्नका लागि काठमाण्डौबाट हिडेकी निशाले जेठ ७ गते सगरमाथाको चुचुरोमा पाईला टेकेकी हुन् ।

