
जेष्ठ १९ गते रिलिज हुन नसकेपछि अनिश्चित बनेको फिल्म 'किन लाग्छ माया' असार ८ गते लाग्ने करिब पक्का भएको छ । निर्माता शक्तिबल्लभ घोरासैनीले फिल्मीखबरलाई दिएको जानकारी अनुसार सो मितीमा 'किन लाग्छ माया' सिङ्गल रिलिज हुनेछ ।

मंगलबार आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको भावपूर्ण श्रद्धान्जलीका साथ दाहसंस्कार गरिएको छ ।

नेपाली फिल्मले बिस्तारै बिश्व बजारमा आफ्नो स्थान लिन थालेको छ । केहि बर्ष अगाडी एकाध फिल्म नेपाल बाहिरका मुलुकमा रिलिज हुन्थे तर अहिले हरेक साता जस्तो फिल्म रिलिज हुन थालेका छन् ।

फिल्ममा दुई अर्थ लाग्ने शब्दको प्रयोग निकै हुने गरेको पाईन्छ । भन्न खोजेको एउटा भए पनि त्यसले दिने नकारात्मक अर्थलाई नै बढि हाईलाईट गरिन्छ । यस्तै दुई अर्थ लाग्ने शब्दको प्रयोग गरेर फिल्म 'लक' को आईटम गीत तयार पारिएको छ जुन अहिले चर्चामा पनि छ ।

सम्पूर्ण कलाकार आफ्ना लागि समान रहेको भन्दै लक्षमण रिजाल निर्देशित फिल्म 'धुवाँ यो नशा ' युनिटले अभिनेत्री जेसिका खड्काको निधनका कारण आज एक दिनका लागि सुटिङ स्थगित गरेको छ ।

घाँटीमा सलले पासो लगाएर आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको श्रद्धाञ्जली कार्यक्रम गरेर मात्र दाहसंस्कार गरिने भएको छ ।