Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

कर्कश : पूर्वमा राम्रै छ व्यापार

अर्पण ढकाल, धरान, 2013/06/16

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म कर्कशले राजधानीमा जस्तै पूर्वका हलमा समेत उत्साहजनक ओपनिङ गर्न सफल भएको छ । शुक्रबार र शनिबार दुई दिन फिल्मको व्यापार राम्रो भएपनि आज (आईतवार) भएको नेपाल बन्दको प्रभाव पूर्वान्चलमा समेत पर्दा फिल्मको आजको कलेक्सनमा नोक्सानी पुगेको छ ।

 

देशभर करिब ६० भन्दा बढी हलमा रिलिज भएको फिल्म पूर्वमा पनि १ दर्जन बढी हलमा प्रदर्शन भैरहेको छ । पहिलो पटक पूर्वको क्युब र डीसीएन सर्भर जडित हलहरुमा एकसाथ कर्कशले रिलिजको मौका पनि पाउन सफल भएको छ । यसरी आज एकदिन बन्द हुँदा पूर्वबाट झन्डै २ लाख सम्मको कलेक्सन घाटा पर्न गएको वितरक एवं हल संचालकले जानकारी दिएका छन् ।


फिल्म धरानको गणेश र शिव गरि दुवै सिनेमा घर मार्फत प्रदर्शनमा आएको छ । धेरै समय पछि धरानमा यसरी दुवै हलमा एउटै नेपाली फिल्म प्रदर्शन भएको हो । शुक्रबार र शनिबार दुवै हलमा फिल्म हेर्ने दर्शकको उपस्थती राम्रो थियो । धरानमा समेत युवाहरु मिलेर ब्याण्ड खोल्ने ट्रेन्ड रहेको र फिल्मले समेत त्यहि प्रकारको कथाबस्तु उठान गरेको हुनाले त्यो वर्गका युवायुवतीको भिड हलमा देख्न सकिन्थ्यो । फिल्म हेरीसके पछि समग्रमा फिल्म राम्रो बनेको र सहजै टाइम पास गराएको धेरैको प्रतिक्रिया थियो ।

 

हिन्दि फिल्म हेर्न सधैं भिड हुने शिव सिनेमामा समेत कर्कश हेर्न हिन्दि फिल्मका दर्शकको समेत बाक्लो भिड जम्मा भएको थियो । केहि दर्शकले फिल्मको क्लाइमेक्सले केहि खल्लो बनाएको र त्यसलाई अलि सुधारेको भए फिल्म अझ उत्कृष्ट हुने प्रतिक्रिया दिएका थिए । त्यस्तै दमकको निलकण्ठ चित्र मन्दिर, बिर्तामोडको कृष्ण चित्र मन्दिर, बिराटनगरको हिमालय टाकिजमा समेत फिल्मको कलेक्सन औसत रहेको छ ।

 

'कर्कश' धुलाबारी, भद्रपुर, उर्लाबारी, बिराटचोक, बेलबारी, झुम्का लगायतका स्टेसनमा समेत प्रदर्शन भैरहेको छ । भोलिबाट फिल्मले आफ्नो बिजनेसको रफ्तारलाई उत्साहप्रद रुपमा अगाडी बढाउने विश्वास वितरक एवं हल संचालकले लिएका छन् ।

 

काठमाण्डौमा कर्कश हेरेका दर्शकको प्रतिक्रिया यस्तो छ -