पचहत्तर केजी वजन भएका दयाह्याङ राईलाई अबको डेड महिना पछि कम्तीमा १० केजी घट्नु पर्नेछ । उनको घटाई छविराज प्रोडक्सनको फिल्म लोफरको लागी हो ।
कर्कशका चार आँखे दयाले तौल घटाउने बारे अहिलेसम्म कुनै कसरत गरेका छैनन् । मुस्ताङमा १५ दिन कबड्डी खेलेर गत शुक्रबार काठमाण्डौ ब्याक भएका दया भन्छन्- 'पन्ध्र दिनसम्म तौल घटाउने कुनै कसरत गर्दिन ।' दयाह्याङकै तौल कम गर्न निर्माता ओझाले लोफरको सुटिङ पोष्टपोन्ड गरेका छन् । गोफ्ले केही विन्दास बने- 'आफ्नै ज्यान त हो नि १५/२० दिनमा कसो नघट्ला र ?'
तौल त निकै कम गर्नुपर्ने भनिएको छ नि ? भन्ने प्रश्न गर्दा उनको उत्तर छ- 'भने जजि नै त कहाँ घटाउन सकिन्छ र ? प्रयास गर्ने हो ।' प्रयासबारे उनको भनाइ छ- 'अबको पन्ध्र दिनमा प्रत्येक बिहान घट्टेकुलोदेखी रंगशाला सम्म दौडिन्छु । ज्यान घटाउने यो नै उत्तम उपाय हो जस्तो लाग्छ ।' घट्टेकुलोका अस्थायी बासिन्दा दयाह्याङ खानपिनमा भने कुनै छेकबार नगर्ने बताउँछन् । 'खानै छोडेर त के शरिर घटाउनु ?'
लोफर क्यारेक्टरको फ्ल्यास ब्याकमा पुग्न दयालाई शरीरको तौल कम गर्नु भनिएको हो । आदित्य विक्रम लम्सालको डेन्यु निर्देशन रहेको फिल्ममा दयाह्याङ जीन्दगीको यात्रा फेरिरहेको युवकको भुमिकामा प्रस्तुत हुनेछन् । लोफरसँगै सुटिङ प्रारम्भ गरिएको कबड्डी र प्रदर्शनलाई पालो पर्खिरहेको झोले बाहेक अन्य प्रोजेक्ट साइन नगरको बताउने दया भन्छन्- 'अबको समय मण्डला नाटक घर र तौल घट्ने शरिरलाई ।'

