
भोली शुक्रबारबाट राजधानीका हलमा प्रदर्शन हुन लागेको फिल्म 'प्लान' को पब्लिसिटीका लागि नायक मुकेश ढकालले लफडाको सुटिङ छोडेका छन् ।

एटिएम काण्ड सेलाउन नपाउँदै बिन्दास काण्डले फेरि फिल्मी बजार तताउने लक्षण देखिएको छ । हाल छायाँकन र सम्पादन एकसाथ भईरहेको फिल्म बिन्दासको यस्तो फस्टलुक सार्वजनिक गरिएको छ कि त्यो फस्टलुकले एक पटक नायिका शुष्मा कार्कीलाई आलोचित नबलाउला भन्न सकिन्न ।

कलेज अफ जर्नालिजम एण्ड मासकम्युनिकेसनले आयोजना गर्न लागेको दोस्रो चरणको नेपाल अफ्रिका फिल्म फेस्टिवलमा नेपालको तर्फबाट एउटा मात्र फिल्म प्रदर्शन गरिने भएको छ ।

सुटिङ समय देखिनै निकै चर्चामा रहेको बहुप्रतिक्षित फिल्म मायाज बारको शिर्ष गीत फिल्मीखबर मार्फत अनलाईन प्रिमियर गरिएको छ ।

समलिंगी दुई युवतीको मनोवैज्ञानिक कथा भनिएको फिल्म 'सुनगाभा' लाई दशैंको छेकोमा रिलिज गर्ने तयारीमा छन् निर्देशक सुवर्ण थापा । फ्रान्सबाट फिल्मीखबरसँग कुरा गर्दै निर्देशक थापाले भने, 'बितरकको निधो भएपछि हामी रिलिज डेट फाईनल गर्नेछौं । हाम्रो योजना भने दशैंमा रिलिज गर्नु रहेको छ ।'

दर्ता बिना सुटिङ गरिएको भन्दै चलचित्र विकास बोर्डले फिल्म '9 O'clock' को सुटिङ रोकिदिएको छ । आज गोदावरीमा सुटिङ भईरहेका बेला बोर्ड सदस्यले दिउँसो एक बजे तिर सुटिङ रोक्न आग्रह गरेकाले आफूहरूले सुटिङ ब्रेक गरेको निर्देशक बाबुराम ढकालले फिल्मीखबरलाई जानकारी दिए ।