एडल्ट सर्टिफिकेट लिएर 'अप्रिल फुल' युनिट आफ्नो प्रमोशनका लागी मोफसल दौडाहामा हिडेको छ । आफ्ना नजिकका साथीहरुलाई ढाँटेर रमाईलो गर्ने अप्रिल फस्टको लापरवाहीले जीवनमा कति ठुलो समस्या ल्याउँछ भनेर निर्माण गरिएको फिल्म ‘अप्रिल फुल’ असार ७ गते देशव्यापी रुपमा प्रर्दशनमा आउँदैछ ।
थर्ड टिम फिल्मस प्रालीको ब्यानरमा निर्माण गरीएको 'अप्रिल फुल' टिम आफ्नो प्रमोशनको क्रममा मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी फिल्मको बिभिन्न पक्षको वारेमा जानकारी गराएको हो । फिल्मका नायक मनोज लामिछानेले अप्रिल फुलमा गरिने रमाईलोलाई सहि ढंगबाट नलिंदा हुने नकारात्मक पक्षलाई सन्देशमुलक तरिकाले प्रस्तुती गरिएको बताए ।
फिल्मका कार्यकारी निर्माता विनोद लामिछानेले फिल्मले दर्शकहरुलाई पुर्ण मनोरन्जन र सन्देश दिन खोजिएको वताए । 'फिल्मलाई राम्रो बनाउन कुनै कसुर बाँकी राखेका छैनौ, निर्माता लामिछानेले भने– ‘अप्रिल फुलको यथार्थ घटनालाई सन्देशमुलक तरिकाले फिल्ममा प्रस्तुत गरिएको छ ।’
भद्र भुजेलले निर्देशन गरेको उक्त फिल्ममा टिकाराम बिष्ट र बिनोद लामिछानेले लगानी गरेका हुन । फिल्ममा सुमिना घिमिरे, कुमार लामिछाने, बिनोद न्यौपाने, मनोज लामिछाने, महिमा सिलवाल, किरण न्यौपाने, देशभक्त खनालको मुख्य अभिनय छ ।

