Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

`लभ फरेभर हेर्दा आँखा छोप्नु पर्दैन` : निर्देशक आचार्य

फिल्मीखबर, काठमाण्डौ, 2013/06/18

फिल्मी बजार अहिले बिरामी अवस्थामा छ । राम्रै आशा राखिएका फिल्मले समेत हावा खाईरहेका छन् । विशेषतः निर्माता अहिले निराशमा छन् । स्थिति जे भएपनि फिल्म निर्माणको क्रम भने रोकिएको छैन । फिल्म क्षेत्रमा भविष्य देख्नेमा नयाँ र दशकदेखी यही क्षेत्रमा कलाकारिता गर्दै आइरहेका कलाकार समेत छन् ।

 

कला क्षेत्रलाई नै व्यवसाय बनाएका शंकर आचार्यले पनि फिल्मी क्षेत्रमा भविष्य देखेरै होला 'लभ फरेभर' नामक फिल्मको निर्माण गरेका छन् । आफ्नै कथा रहेको फिल्ममा शंकरको अभिनय र निर्देशनको कला देख्न सकिनेछ । मुख्य पात्र सुमिना घिमिरे र गजित विष्टको गरमागरम दृश्यले लभ फरेभरलाई चर्चासँगै चुनौती पनि थपिदिएको छ ।

 

चपली हाईट चलेपछि निर्माण भएका सेक्स ओरिएन्टेड फिल्म व्यापारिक रुपमा असफल मानिए भने एटिएम र बर्बाद जस्ता फिल्म प्रदर्शनमै रोक लगाइए । परिवारमैत्री नभएकै कारण यौन केन्द्रित फिल्म व्यावसायिक रुपमा असफल र प्रदर्शनमा रोक लगाइएको धेरैको विश्लेषण छ । कलाकार शंकर आचार्य भने 'लभ फरेभर' पारिवार विमुख फिल्म नभएको दाबी गर्छन् । असार १४लाई अल नेपाल फिल्म रिलिजको दौडधुपमा रहेका शंकर भन्छन्- 'यो सस्पेन्स, थ्रिल, एक्सन, रोमान्स, ग्ल्याम्वर र पारिवारिक फिल्म हो ।'

 

प्रोमो हेर्दा त अश्लिल फिल्म जस्तै देखिन्छ नि ? भन्ने प्रश्नमा शंकरको जवाफ छ-, 'प्रोमो जे जस्तो भएपनि फिल्म आँखा छोप्नु पर्ने छैन । कोठमा बुवा आमासँगै वेडमा देख्दा बर्बादै भो भनेर कोही पनि हिड्दैन । मेरो फिल्म पनि हेरेपछि बर्बादै भएछ भन्ने खालको छैन ।' फिल्म रिलिजको अवसरलाई पारेर अनामनगरस्थित फिल्मीखबरको कार्यालयमा आइपुगेका  शंकरले सुमिना विवाद बारे पनि मुख खोलेका छन् ।

 

सुमिना बारेको शंकरको भनाई फिल्मीखबरको अन्र्तवार्ता सेक्सनमा देख्न सकिनेछ । होम प्रोडक्सनको फिल्म मार्फत उनले छोरा राज आचार्यलाई पनि डेव्यु गराएका छन् । फिल्मले राम्रो व्यापार गर्ने आशा राख्दै शंकर भन्छन्- 'राजको रोल छोटो तर मिठो छ ।'