Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राहदानीमा दीयाको मिनिस्कर्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/06/18

अभिनयमा दक्ष मानिने अभिनेत्री दिया मास्के फिल्म राहदानी रिलिज पश्चात आइटम गर्लका रुपमा पनि चिनिने भएकी छिन् । फिचर फिल्म कागबेनी डेव्यु अभिनेत्री दियालाई आईटममा नाच्न निर्देशक डब्बु क्षेत्री सहमत गराएका छन् ।

 

सञ्चारकर्मी समेत रहेका क्षेत्रीको राहदानी पहिलो फिल्म हो । आईटममा दियालाई नै सेलेक्ट गरिएको बारे निर्देशक क्षेत्री भन्छन्- 'गीतको भावलाई न्याय गर्न सक्ने देखेर आईटममा उहाँलाई सेलेक्ट गरेका हौं ।' दयाह्याङ राईको सुटपछि दियाको आईटमलाई केही दिनमै खिचिने निर्देशकले बताएका छन् । निर्देशक क्षेत्रीका अनुसार चेतन सापकोटाको संगीत रहेको आईटम फिल्ममा अनावश्यक रुपमा राख्न लागिएको होइन् ।

 

फिल्मको ८० प्रतिशत छायाँकन प्याकअप भैसकेको जानकारी दिदैं उनले भने- 'आईटम मार्फत हामीले समाजमा सन्देश दिन खोजेका छौं ।' दुर्गा खरेलले स्वर रेकर्ड गराएको आइटम गीतको केही अंश यस्तो छ :

 


गुन्यू चोली छाँडे मैंले मिनिस्कर्ट लाएँ
रोधी घर छोडे मैंले डिस्कोतिर धाएँ,
गाउँ घर छाँडे मैंले शहरतिर झरें
गाउँ घरकी पार्वती म पारु पो भएँ ।


करिब एक हप्ताको नेपाल सुट पछि राहदानी युनिट मलेसिया तर्फ उड्नेछ । त्यहाँ फिल्मको एउटा गीत र तीन दृश्यलाई खिचिने निर्देशक बताउँछन् । राहदानीमा अधिकाशं नयाँ अनुहारहरु रहेका छन् । कागबेनी, सुनगाभा र साँघुरो जस्ता फिल्ममा केहि एक्सपोज भएकी दियाले आईटममा कतिसम्म एक्सपोज गर्छिन् ? र, उनको आइटमले निर्मातालाई कति सम्म राहत पु्र्याउँछ ? चासोको विषय हुनेछ ।