Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

लुकीलुकी कबड्डी खेल्दै निश्चल

फिल्मीखबर, काठमाण्डौ, 2013/06/19

लुट निर्देशक निश्चल बस्नेत मुख्य भुमिका रहेको फिल्म कबड्डीको करिब ७० प्रतिशत छायाँकन प्याकअप भएको छ । लुटकै गोफ्ले सहितको कबड्डी टोली मुस्ताङमा ६५ प्रतिशत छायाँकन सकाएर हाल काठमाडौंमा बाँकी सुटिङ गर्दैछ ।

 

मुस्ताङको करिब दुई हप्ताको सुटिङ पश्चात कबड्डी युनिट गत शनिबार काठमाण्डौ ब्याक भएको हो । रोमान्टिक कमेडी भनिएको कबड्डीलाई मुस्ताङका नौशीकोट, मेचे, घाँसा लगायतका स्थलमा छायाँकन गरिएको छ । एक हप्तामा सुटिङ प्याकअप हुने कबड्डीलाई गुपचुप रुपमा सुटिङ गरिएको बारे निश्चल भन्छन्- 'तोकिएकै समय तालिकामा सुटिङ प्याकअप गर्नुपर्ने भएकाले मिडिया प्रचार नगरिएको हो ।' लुटबाट चर्चा कमाएका निश्चल अभिनयको अनुभव बारे भन्छन्- 'निर्देशन भन्दा अभिनयको विधा च्यालेञ्जीङ लाग्यो । हरेक दृश्यमा मुड र मेन्टालिटी चेञ्ज गर्नुपर्छ ।'

 

अभिनयमा पात्रलाई न्याय गर्नुपर्ने चुनौतीसँगै रमाइलो अनुभव भएको निश्चल सुनाउँछन् । कबड्डीमा उनी अनुसन्धानको लागी शहरबाट हिमाली क्षेत्र पस्ने युवकको भुमिकामा प्रस्तुत भएका छन् । कुन विषयको अनुसन्धान भन्ने कुरा चाहि निश्चलले आउट गर्न चाहेनन् । यसअघि उमा र पोष्टमा रहेको फिल्म फिटकिरीमा छोटो भुमिका प्ले गरेका निश्चल कबड्डी प्याकअप पश्चात भने दोस्रो निर्देशकीय प्रोजेक्ट 'टलक जंग भर्सेस टुल्के'मा व्यस्त हुनेछन् ।

 

कबड्डीमा निश्चल र दयाह्याङ राईको अपोजिटमा रिश्मा गुरुङ देखिने छिन् । पोखरमा बसेर मोडलिङ गर्दै गरेकी रिश्माको कबड्डी डेव्यु फिल्म हुनेछ । यही वर्ष रिलिजको लक्ष्य राखिएको कबड्डीलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । कबड्डीको स्क्रिप्ट पनि निर्देशक बस्नेतकै हो । निलिमा शर्माको फेसन स्टाइल एवम कुमार महर्जनको फाइट डिरेक्सन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् । ५० लाखसम्म लगानी अनुमान गरिएको कबड्डीलाई निर्देशक तथा कलाकार बस्नेतको नाममा रहेको फिल्म कम्पनी ब्ल्याक हर्ष पिक्चर्सले निर्माण गरेको हो ।