Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

जन्मदिनमा भुवन केसी : `अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/17

फिल्म क्षेत्रका दुई अभिनेता भुवन केसी र दिलिप रायमाझी आज एकैदिन (असोज १ गते) जन्मदिन मनाउँदैछन् । वर्थडे मुडमा रहेका यी दुई अभिनेताले जन्मदिनमा फिल्मीखबर समक्ष करिअरका महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् ।

 

रोमान्स किङको उपमा पाएका अभिनेता केसीले अबको करिअर सक्रिय राजनीतिमा बिताउने बताएका छन् । अविर र माला लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गरेका भुवनले भने- 'पार्टीले दिने जिम्मेवारी निर्वाह गर्न तयार छु ।' साथमा उनले पार्टीले टिकट उपलब्ध गराए आगामी संविधान सभाको निर्वाचनमा प्रत्यक्ष रुपमा लड्न समेत आफु तयार रहेको बताए । मुम्बइको एक साते साँस्कृतिक कार्यक्रम सकेर आज मात्रै नेपाल ल्यान्ड भएका भुवनले थपे- 'पार्टीले मलाई विश्वास गर्छ भने प्रत्यक्ष वा समानुपातिक दुवैको लागी म तयार छु, मलाई टिकट दिनेहो भने मा कसम केटी घुमाउन छोड्दिन्छु।' 

 

आफ्नो आगामी करिअर सक्रिय राजनीतिमा बिताउने मनस्थिति बनाएका भुवनले छोरा अनमोल केसीलाई भने फिल्ममा नै व्यस्त गराउने बताए । होस्टेल डेव्यु अनमोलको फिल्मी करिअर बारे भुवनले बोले- 'अब अनमोलले फिल्ममा मेरो अभावलाई पूरा गर्नेछ । तर, सेलेक्टिभ फिल्ममा मात्रै काम गरोस् भन्ने मेरो सल्लाह छ ।' होम प्रोडक्सनबाटै करोडपतीको सिक्वेल निर्माण गर्ने योजनामा रहेका भुवनले मिडियामा आउने विभिन्न चर्चा र विवादले आफुलाई कुनै असर नपुर्याएको बताए ।

 

जन्मदिनलाई लिएर कुनै विशेष कार्यक्रम बनाई नसकेका भुवन भन्छन्- 'जो चर्चा गर्न लायकको छ, उसकै चर्चा हुन्छ । चर्चा र विवादलाई मैले सामान्य रुपमा लिने गरेको छु ।' तपाई कति औं जन्मदिन सेलिव्रेट गर्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा भुवले सेम्टेम्वर १७ मात्रै सम्झिए ।

 

 

भानुभक्त डेव्यु अभिनेता दिलिप रायमाझीले भने ३० प्लसको जन्मदिनमा रजतपटमा आफु सक्षम निर्माता बनेर ब्याक हुन लागेको बताएका छन् । हामी साथी भाई र मिस यू फिल्म निर्माण गरेका दिलिपले ०७१ सालमा राम्रो फिल्म लिएर दर्शकमाझ आउने बताए । उनले भने- 'यसअघिका फिल्ममा देखिएका कमी कमजोरीलाई आउने प्रोजेक्टमा सुधार गर्नेछु ।' डेढ सय फिल्ममा अभिनय गरेका दिलिपका दर्पणछायाँ, आफनो मान्छे, जीन्दगानी, शहिद, मितिनी जस्ता हिट छन् । उनले पनि आज कुनै विशेष कार्यक्रम तय भैनसकेको बताए ।

 

यस्तै आजै सञ्चारकर्मीबाट निर्देशकको ट्याग भिर्न लागेका सुब्रत आचार्यको पनि जन्मदिन हो । उनले आफ्नो साथीभाई र परिवारसँग जन्मदिन सेलिब्रेट गर्ने मुड बनाएका छन् । सुब्रतले प्रदीप उदयले निर्माण गर्ने फिल्म 'अधकट्टी'को निर्देशन गर्दैछन् । भुवन, दिलिप र सुब्रतलाई फिल्मीखबरको तर्फबाट ह्याप्पी वर्थडे !