चलचित्र विकास वोर्ड अध्यक्ष गणेश भण्डारीले २०६८ साल बाट मनाउन सुरु गरेको चलचित्र दिवस यस वर्ष पनि खल्लो रह्यो । गत वर्ष जस्तै ०७० मा पनि वोर्डले चलिचित्र दिवसमा कुनै औपचारिक कार्यक्रम राखेको छैन ।
तत्कालिन वोर्ड अध्यक्ष भण्डारीले २०६८ सालमा चलचित्र दिवस लेखिएको टिसर्टमा फिल्मीकर्मीलाई शहर परिक्रमा सहित दीप प्रज्वलन गर्ने कार्यक्रम राखेका थिए । वर्तमान वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता 'पप्पु'ले मन्त्रालयबाट बजेट पास नभएकोले यस वर्षको चलचित्र दिवस भव्य रुपमा मनाउने योजना असफल भएको बताएका छन् ।
'चलचित्र दिवस मनाउन ३ लाख बजेट मन्त्रालयमा पेश गरेको थिएँ, मन्त्रालयबाट बजेट पास भएको छैन', अध्यक्ष मोरवैताले भने । तीन बर्ष देखि राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्न नसकेको बोर्डले चलचित्र दिवस कसरी मनाओस् ?

