Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थाइल्यान्डमा जीवन र रिमा

फिल्मीखबर, काठमाण्डौ, 2013/09/16

यतिबेला थाइल्यान्डका सुन्दर लोकेशनमा नेपाली फिल्मको सुटिङ धमाधम हुँदैछ । त्यहाँ फिचर फिल्म सँगै नेपाली म्यूजिक भिडियोको पनि छायाँकन हुँदैछ ।

 

एक साता अघि अभिनेता निरज बरालले निर्माण गर्न लागेको फिल्म स्टुपिड मन युनिट थाइल्यान्ड पुगेको हो । दिवाकर भट्टराईले निर्देशन गरिरहेको यस फिल्मको पूरै छायाँकन थाइल्यान्डमा हुनेछ । फिल्ममा निर्माता बरालको साथमा अभिनेता जीवन लुइँटेल, मार्टिन खान, नव कलाकार चाँदनी शाह र रिजु श्रेष्ठको अभिनय छ । सञ्चारकर्मी सामिप्य तिमल्सीनाको पटकथा रहेको स्टुपिड मनमा अर्जुन पोखरेल र करण राज कार्कीको संगीत छ । फिल्मलाई संजय लामाले खिच्दै छन् ।

 

स्टुपिड मनसँगै समन अधिकारीको टोली पनि म्यूजिक भिडियो खिच्न थाइल्यान्ड पुगेको छ । निर्देशक अधिकारीको म्युजिक भिडियोमा रिमा विश्वकर्माले अभिनय गर्नेछिन् । स्मरण रहोस्, जीवन र रिमा विकास आचार्यले निर्देशन गर्न लागेको फिल्म 'फेरि नाइ नभन्नु ल'मा अनस्क्रिन जोडी भएर देखिने तयारीमा छन् । यसअघि म्युजिक भिडियोमा संगै देखिएको यो जोडीले फिल्ममा कस्तो छाप छोड्ला ? फिल्म तयार भएपछि नै थाहा हुनेछ ।