मंसिर ४ को संविधान सभाको चुनावमा प्रत्यक्ष तर्फको टिकट निर्माता तथा अभिनेता रोज राणालाई दिनुपर्ने भन्दै दुई दर्जन भन्दा बढी फिल्मकर्मी काङ्ग्रेस नेतृत्वको निवासमा पुगेका छन् ।

रोजलाई टिकट उपलब्ध गराउनु पर्यो भन्दै आज बिहानै २ दर्जन भन्दा बढी फिल्मकर्मी काङ्ग्रेस सभापती सुशिल कोइराला (महाराजगञ्ज निवास), उपसभापती रामचन्द्र पौडेल (बालाजु निवास) र वरिष्ठ नेता शेरबहादुर देउवा (बुढानिलकण्ठ निवास) समक्ष पुगेका थिए । गृह जिल्ला प्यूठान क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने मनस्थिति बनाएका रोजले सुशिल, रामचन्द्र र शेरबहादुरबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।

काङ्ग्रेसका मुख्य नेतालाई भेट्न रोजसँगै निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक संघका महासचिव ऋषि लामिछाने, कलाकार संघका अध्यक्ष नवल खड्का, द्धन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, लेखक संघका अध्यक्ष युगेश रायमाझी लगायत थिए ।
आगामी संविधान सभामा अभिनेत्री रेखा थापा एमाओवादीको तर्फबाट पर्सा क्षेत्र र अभिनेता भुवन केसी एमालेको तर्फबाट अभिनेता भुवन केसी काठमाण्डौबाट उठ्ने चर्चा छ । राजनीतिक दलले फिल्मर्कीलाई चुनावी मैदानमा उठाउलान् ? चासो र चर्चा व्यापक छ ।

