Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्यूटीफूल छोडेर इच्छा तिर मुनाल

फिल्मीखबर, काठमाण्डौ, 2013/09/17

मुनाल घिमिरेको डेव्यु निर्देशन रहने फिल्म 'ईच्छा'को एक प्रेस समारोहका बिच मुहर्त गरिएको छ । यसअघि 'हे ब्यूटीफूल' नामक फिल्म बनाउने घोषणा गरेका निर्देशक घिमिरेले नाम परिवर्तन गर्नुको कारण भने मुहुर्त कार्यक्रममा खुलाएनन् ।

 



 

निर्माता संघका अध्यक्ष राजकुमार राईको क्ल्यापमा डिसीएन प्रमुख अशोक शर्माले एक्सन भने निर्देशक समाजका महासचिव ऋषि लामिछानेले नरिवल फोरेपछि कलाकार संघका अध्यक्ष नवल खडकाले क्यामेराको स्विच अन गरे । फिल्मका मुख्य कलाकार दयाह्याङ राई, सुवास थापा र दिपशिखा शाहीले मुहर्त सट दिए । मुर्हत कार्यक्रममा कानुनविद् भिमार्जुन आचार्य सहित चलचित्र संघका महासचिव प्रदीप उदय लगायतका अतिथिले फिल्मको सफलताको शुभकामना दिए ।

 

 

आफ्नो मान्छे आफ्नै हुन्छ र श्रीमान श्रीमती फिल्म निर्माण गरेका निर्देशक घिमिरेले दर्शकलाई मन पर्ने फिल्म निर्माण गर्ने बताए । निर्देशक घिमिरेले भने- 'मेरो फिल्म निर्देशन गर्ने ईच्छा पूरा भएको छ । फिल्म कस्तो बन्छ ? सुटिङ सकिएपछि थाहा हुनेछ । तर, म दर्शकलाई मन पर्ने फिल्म बनाउनेछु ।' फिल्मले युवा प्रेम र अभिभावक बिचको ईच्छामा आउने द्धन्द्धलाई मुख्य विषय बनाएको जानकारी दिदै निर्देशकले भने- 'दुई फिल्म निर्माण गर्दा निर्देशक ऋषि लामिछानेबाट सिकेको ज्ञानलाई फिल्ममा प्रयोग गर्नेछु ।'

 

 

प्रकाश घिमिरेको लेखन तथा प्रदीप भारद्धाजको पुर्नलेखन रहेको फिल्ममा दयाह्याङ, सुवास र दिपशिखाको साथमा देशभत्त खनाल र रश्मी भट्ट अभिभावक कलाकारको रुपमा देखिनेछन् । विपिन सागर र करणराज कार्कीको संगीत रहेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन रहनेछ । छायाँकनको लागी निर्माण युनिट भोली नै दाङ तर्फ लाग्ने बताइएको छ ।

 

 

फिल्ममा लोकराज अधिकारी र बसन्त बहारको गीत छ । रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहने ईच्छामा गम्भिर विष्ट नृत्य निर्देशकका रुपमा छन् । यसअघिका दुई फिल्मबाट घाटा नबेहोरेका मुनालले ईच्छा फिल्मबाट कस्तो व्यापारिक प्रतिक्रिया पाउँलान् ? उनको निर्देशकिय क्षमताको पनि लेखाजोखा हुनेछ ।