Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सरोज खनालसँग सरिता लामिछाने

फिल्मीखबर, काठमाण्डौ, 2013/09/17

सानो पर्दाकी चर्चित अभिनेत्री सरिता लामिछानेले फिचर फिल्ममा पुनारागमन गर्दैछिन् । फिचर फिल्म 'श्रीमान श्रीमती' खेलेको लामो समय पछि उनी विकास आचार्यको सिक्वेल फिल्म 'फेरी नाइ नभन्नु ल' मार्फत अभिनयमा फर्कन लागेकी हुन् ।

 

 

एक फिल्मी कार्यक्रममा भेटिएकी एक छोरीकी आमाले आफ्नो कम ब्याक बारे सुनाइन्- 'पुरै फिल्म र मेरो भुमिका राम्रो लाग्यो ।' उनले थपिन्- 'फिल्ममा मेरो रोल सानो भएपनि महत्वपूर्ण छ ।' सोलो क्यारेक्टर भएको फिल्म लिएर चाहि कहिले आउने नि ? उनले घुमाउरो जवाफ दिइन्- 'चाँडै नै म सोलो क्यारेक्टर लिएर आउँदैछु । चाहे त्यो पर्दा पछाडी नै किन नहोस् ?' सुन्दरी सरिता बढी खुल्न चाहिनन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार सरिता फिल्म निर्देशनको तयारी गर्दैछिन् ।

 

 

फिल्ममा सरिताको अपोजिटमा अभिनेता सरोज खनाल देखिनेछन् । हाल अमेरिकामा रहेका सरोज पनि मानव फिल्म पछि अभिनयमा फर्कदैछन् । सरोजले फिल्म 'रिदम' हेरेपश्चात विकास आचार्यसँग काम गर्न मन लागेको प्रतिक्रिया दिएका थिए । सरोजले फिल्मको स्क्रिप्ट पढिसकेर आफ्नो भुमिका सहित फिल्मको पूरै स्क्रिप्टले आफ्नो मन छोएका बताएका छन् । उनी छिट्टै नै फिल्ममा अभिनय गर्न नेपाल आउने छन् ।

 

रजतपटमा सरिता र सरोजको पुनरागमनलाई स्वागत ।