लुट निर्देशक निश्चल बस्नेतको दोस्रो प्रोजेक्ट टलक जंग भर्सेज टुल्केका मुख्य कलाकार र प्रविधिक सदस्य फाइनल भएका छन् । निश्चलको फिल्ममा खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशांक मैनाली, दयाह्याङ राई, रविन्द्र सिंह बाँनिया, प्रकाश घिमिरे, रजनी गुरुङ, राजु थापा मुख्य कलाकारको रुपमा रहनेछन् ।
ब्ल्याक हर्स पिक्चर्स र षट्कोण आर्टस्ले संयुत्त निर्माण गर्न लागेको टलक जंग भर्सेज टुल्केमा पुरुषोत्तम प्रधानको छायाँकन एवम् अष्ट महर्जनको फाईट डिरेक्सन रहनेछ । जेशन कुवँरको ब्याग्राउन्ड म्यूजिक र निमेश श्रेष्ठ फिल्मका सम्पादक हुन् । फिल्ममा निलिमा शर्माको कस्टुम स्टाईललाई देख्न सकिन्छ । यही असोज ५ गते देखि पोखरा नजिकैको धिताल गाउँबाट फिल्मको सुटिङ सुरु हुनेछ ।
लुटका हाकु काले भने समय व्यस्तताले गर्दा टलक जंग भर्सेज टुल्केमा हुने छैनन् । हाल उत्सव फिल्मको सुटिङमा व्यस्त सौगात वर्कसपमा सहभागी हुन नपाएपछि टुल्केमा उनी छुटेका हुन् । सौगातको क्यारेक्टरमा साँघुरो डेव्यु सुशांक मैनालीलाई रिप्लेस गराइएको छ । सुरुमा स्म्यासीङ एप्पलद्धारा निर्माण गर्ने भनिएको टलक जंग भर्सेज टुल्केले गुमेको पहिचानलाई पुर्नस्थापित गर्न एक पात्रले गरेको संघर्षलाई देखाउनेछ ।
खगेन्द्र लामिछाने लेखक रहेको यस फिल्मका निर्माता रबिन्द्र सिंह बानियाँ हुन् । निश्चलको दोस्रो प्रोजेक्ट टलक जंग भर्सेस टुल्केले लुटले जस्तै लुट्ला ? प्रतिक्षा गरौं ।

