Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

मनोजले माइक खोस्दै भने, `मलाई आसन ग्रहण किन गराइएन ?` (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/17

फिल्म ईच्छाको मूहर्त कार्यक्रम चल्दै थियो । भिजे शिशिर भण्डारी फिल्म बारे जानकारी दिदै थिए । मैतिदेवी स्थित वोटल्स क्याफेको कार्यक्रम हलमा कानुनविद् भिमार्जुन आचार्य, फिल्मकर्मी अशोक शर्मा, राजकुमार राई, नवल खड्का, प्रदिप कुमार उदय लगायत ड्यासमा अतिथिको आसन ग्रहणमा थिए ।

 

 

कार्यक्रम चलिरहँदा प्रविधिक संघका अध्यक्ष मनोज केसीले बोल्दै गरेको माइक खोसेर भने- 'प्राविधिक संघलाई नसम्झिएको प्रति मेरो खेद छ ।' अध्यक्ष केसीको यो आक्रोशलाई न कार्यक्रम सञ्चालकले वास्ता गरे न आयोजक टिमले नै । आक्रोश पोखे पछि अध्यक्ष केसी ड्यासमा बस्न पुगे ।

 

अध्यक्ष केसीको हर्कतले कार्यक्रम केही छिन हाँसोमय बन्न पुगेको थियो । केहीले भन्दै थिए- 'बोलाएपछि आसन ग्रहण गराएकै राम्रो ।' भिडियो हेर्नुहोला !