Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अब सेक्सी फिल्म खेल्दिन : सुष्मा कार्की

फिल्मीखबर, काठमाण्डौ, 2013/10/09

सुष्मा कार्कीको उध्रेलेको चोली आइटम डान्सले गर्दा नै फिल्म 'लुट'ले लुट्नुसम्म लुट्यो । सेक्सी डायलग र वोल्ड दृश्यकै कारण फिल्म विन्दासका निर्माता घाटामा गएनन् ।

 

रजतपटमा सुष्मा कार्की हट एण्ड सेक्सी गर्लका रुपमा परिचित छिन् । यही छविकै कारण सुष्मा कतिपय ठाउँमा आलोचित बनेकी छिन् । हट एण्ड सेक्सी छविलाई सुष्मा सुधारको प्रक्रियामा छिन् । दशैं मुडमा रहकी सुष्मा भन्छिन्- 'अब चुम्वन र वेड सिनका फिल्म गर्दिंन ।'

 

पछिल्लो समय विभिन्न महोत्सव, स्टेज र विदेशका कार्यक्रममा व्यस्त सुष्मा भन्छिन्- 'सेक्सी बाहेक अरु फिल्ममा पनि म फिट छु । त्यसैले त्यस्ता फिल्ममा काम नगर्ने निधो गरेकी छु ।' उनले धेरै फिल्ममा भल्गर दृश्य भएकै कारण रिजेक्ट गरिदिएको समेत दाबी गरिन् । त्यस्तै उनले सेक्सी फिल्म चल्ने दिन गएको समेत बताइन् ।

 

सुष्माले प्रदर्शनमा आउने कुनै पनि फिल्ममा आफुले अश्लिल लाग्ने दृश्य नदिएको समेत बताइन् । उनले भनिन्- 'आउने फिल्ममा म सिम्पल युवतीको रुपमा देखिने छु ।' वोल्ड सिन नदिने सुष्माको बोली कहिले सम्म टिक्ला ?