Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोमल ओलीलले किन भेटिन् खुमबहादुरलाई ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/09

राजनीति फिल्मकी अभिनेत्री कोमल ओलीले भ्रष्ट्राचारमा दोषी ठहर भइ जेल जीवन बिताएका काङ्ग्रेस नेता खुमबहादुर खड्कालाई डिल्लीबजार कारागारमै गएर भेट गरेकी छिन् ।

 

असोज २२ गते मध्यान्न सञ्चारकर्मी एवम् गायिका समेत रहेकी ओलीले काङ्ग्रेस नेता खड्कासँग करिब १ घण्टा भेट वार्ता गरिन् । 'देशको राजनीतिक अवस्थाबारे कुराकानी भयो', ओलीले फिल्मीखबरलाई सुनाइन्- 'उहाँ मेरो गृह जिल्ला दाङ्को नेता हुनुहुन्छ । उहाँ मेरो आफन्त पनि हो ।'

 

भ्रष्ट्रचारमा दोषी ठहर भएका नेतालाई जेलमै गएर भेट्दा तपाईका शुभचिन्तक समक्ष गलत सन्देश जाँदैन ? भन्ने प्रश्नमा ओलीको प्रष्ट्याइछ- 'हामीले सबैलाई राजनीतिक आँखाले मात्रै हेर्नु हुँदैन । हामी मानवीय हुन जरुरी छ । बलेको आगो मात्रै ताप्ने हाम्रो बानीलाई हटाउन जरुरी छ ।' सुरुका कठिन दिनमा आफुलाई स्थापित हुन सहगोग गरेको भन्दै ओलीले भष्ट्रचारका दोषी खड्काको प्रशंसा समेत गरिन् ।

 

'उहाँलाई भ्रष्टचारको अभियोग लाग्यो, त्यो आफ्नो ठाउँमा छ तर उहाँले दाङ वासीलाई धेरै सहयोग गर्नु भएको छ', कोमलले थपिन्- 'अभियोमा लागेका व्यक्तिसँग भेटघाट नै गर्न नहुने हैन ।' भ्रष्ट्रचार अभियोगमा सर्वोच्च अदालतबाट डेढ वर्ष जेल सजाए र करिब एक करोड रुपैयाँको जरिवाना सुनाइएका खुमबहादुर खड्का आज (असोज २३ गते) रिहा भएका छन् ।

 

नेता खड्कालाई यसअघि अभिनेत्री रेखा थापाले पनि जेलमै पुगेर भेट गरेकी थिइन् । काङ्ग्रेस नेतालाई जेलमै भेट गर्न पुगेकी रेखा अन्तिममा भने एमाओवादीमा प्रवेश गरेकी थिइन् ।