Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

मसलेदार `लोफर`को ट्रेलर रिलिज, आर्यन किन मौन ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/09

चर्चित निर्माता छबिराज ओझाले पछिल्लो पटक निर्माण गरेको फिल्म 'लोफर'को ट्रेलर रिलिज गरिएको छ । नवनिर्देशक आदित्य विक्रम लम्सालले फिल्मको प्रोमोलाई पूर्ण मसलेदार बनाएका छन् ।

 

सार्वजनिक प्रोमोमा आर्यन बाहेक अन्य मुख्य पात्रको बोली सुन्न सकिन्छ । आर्यनको भुमिकालाई सस्पेन्स राख्ने खोजिएकाले उनको डाईलग नराखेको निर्देशक लम्सालले बताए ।

 

आगामी मंसिर २१ गते अल नेपाल रिलिज हुने तयारीमा रहेको यो फिल्ममा आर्यनको साथमा कमलमणी नेपाल, दयाहाङ राई, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल 'क्षेत्री', रजनी केसी लगायतको अभिनय हेर्न सकिन्छ ।

 

एक्सन, लभ, रोमान्स, कमेडी सहितको सुधारिएको मसलेदार फर्मुला फिल्म 'लोफर'मा सोनाल सापकोटाले संगीत भरेका छन् । फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।