केही समय अघि मापसे काण्डले मिडियाको मसला बनेका कलाकार दिपकराज गिरीले राजनीतिक दलले कलाकारलाई कण्डमको रुपमा प्रयोग गरेको बताएका छन् । तीतो सत्यका दिपक भन्छन्- 'राजनीतिक दलले हामीलाई कण्डम जसरी प्रयोग गर्छन् र मिल्काइ दिन्छन् ।'
दिपक थप्छन्- 'भुवन केसी, रेखा थापा आफैंमा एउटा ब्यानर हो । त्यो ब्यानरलाई पार्टीमा मिसाई दिएपछि हराउँछ । सबैको कलाकार एउटा दल विशेष बन्नु ठिक हैन ।' नेपालका वामपन्थीलाई माथि उठाउन सहयोग गर्ने गायक रामेश रायनले राजनीतिमा कुनै स्थान नपाएको उनको बुझाई छ । त्यस्तै राजनीतिमा बीसौं वर्ष लागेका मान्छेले टिकट नपाएर भर्खर गएका कलाकारले टिकट पाउनुमा टिकटकै लागी पार्टी प्रवेश गरे जस्तो देखिने पनि उनको धारणा छ ।
भुवन केसी र रेखा थापा जस्ता कलाकारले राजनीति गर्नु नहुने उनको जोड छ । उनी भन्छन्- 'भुवन केसीले २० वर्ष लगाएर बनाएको ब्यानर २० मिनेटमै पार्टीमा लगेर मिसाइ दिनुभयो ।' उनी थप्छन्- 'भुवन केसीले एकदिने टिकट पाउनु भयो । रेखा थापालाई मतदाता नभएका व्यक्ति उम्मेरदवार हुन सक्दैनन् भन्ने सामान्य हेक्का पनि रहेनछ । खै राजनीति चेतना ?'
एमालेको अगामी संविधान सभाको टिकट भुवन केसीले अन्तिम समयमा आएर गुमाएका थिए भने रेखा थापाले मतदाता नामावलीमा नाम छुटेपछि एमाओवादीले दिएको प्रत्यक्ष टिकट रेखाले फिर्ता दिएकी थिइन् । कलाकार दिपकराज गिरीले सेतोपाटी नामक अनलाइन पोट्रलसँग यी कुरा गरेका हुन् ।

