Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंशले मनाउँदैछन् ५६ औं जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2013/11/13

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई फिल्मीखबर परिवार जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छ । कलाकार आचार्यले आज (कार्तिक २७ गते) आफ्नो ५६ औं जन्मदिन मनाउँदैछन् ।

 

छोरा मोहितवंश आचार्यले जन्मदिनको खास कार्यक्रम नरहेको फिल्मीखबरलाई जानकारी दिए । मोहितले भने- 'हाम्रो हरेक दिन जस्तो नै विशेष हुन्छ । त्यसैले आज त्यस्तो कुनै विशेष कार्यक्रम केही पनि राखेका छैनौं ।' हरिवंशले बिहानै आफ्नै निवासमा छोरो मोहित र श्रीमतीसँग जन्मदिनको खुसीयाली साटे । श्रीमतीको उपचारका लागी दिल्ली गएकाले जोडी मदनकृष्ण श्रेष्ठले भने हरिवंशको जन्मदिनमा खुसी साट्न पाएनन् ।

 

नयाँ बानेश्वरस्थित रेडियो अडियोले हरिवंशको जन्मदिनको साँझ ५ बजे केक काट्दैछ । जहाँ हरिवंश सहित सञ्चारकर्मीको समेत उपस्थिति रहनेछ । पिता होमन्जय र माता गणेश कुमारी आचार्यबाट वि.स. २०१४ साल कार्तिक २७ गते काठमाडौंको गौरीधारमा जन्मिएका हरिवंश आचार्य नेपाली हाँस्य विधामा सर्वाधिक रुचाइएको कलाकार हुन् । मदनकृष्ण श्रेष्ठसँग जोडी भइ हरिवंशले दर्जनौं टेलिफिल्म, स्टेज शो, रेडियो कार्यक्रम तथा फिल्ममा एकसाथ काम गरेका छन् ।

 

भर्खरै मह जोडीले दुई भागको 'स्यावास' नामक टेलिफिल्म छायाँकन गरेका छन् । पहिलो श्रीमती मिरा आचार्यको निधन पछि रमिला पाठकसँग हरिवंशले दोस्रो बिवाह गरे । पहिलो श्रीमती मिराको तर्फबाट दुई छोरा छन् । पछिल्लो समय 'मैंले जे भोगें' नामक टेलिभिजन कार्यक्रम लिएर दर्शक माझ आएका हरिवंशलाई सुखद भविष्यको शुभकामना ।