मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`टाईगर-द रियल हिरो` मुहुर्त । `मिस नेपाल`को अडियो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2013/11/26

'बिन्दास २' को रिलिजबाट थकाई मार्न नपाउँदै निर्देशक राजु गिरी पुन: अर्को फिल्म निर्माणमा जुटेका छन् । भोली बुधबारबाट छायाँकन गर्ने गरी राजुले निर्देशन गर्ने फिल्म 'टाइगर-द रियल हिरो'को राजधानीमा मुहुर्त गरियो ।

 


राजधानीको सुन्धारा स्थित सिभिल ट्रेड सेन्टरको चाईनिज रेष्टुरेन्टमा एक समारोहका विच फिल्मको मुहुर्त गरियो । शुभेच्छा इन्टरटेन्मेन्ट र एम.के. इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा मोहनकृष्ण श्रेष्ठले फिल्मलाई निर्माण गर्दैछन् । फिल्ममा दिव्यश्वर गौतम, शुभेच्छा थापा, सुस्मिता शाही, समिक्षा अर्याल, सुरज रानाभाट ,सिमन दाहाल, निरज पोखरेल, अशोक फूयाल,  अमित पौडेल, भिमा मैनाली, रोजन भट्टराई तथा निर्माता श्रेष्ठले अभिनय गर्दैछन् ।

 

 

अर्जुन पोखरेलको संगीत रहने यस फिल्ममा सुशिल पोखरेलको लेखन, संजय लामाको छायाँकन, बनिश शाह र अर्जुन जिसीको सम्पादन तथा रामजी लामिछानेको करियोग्राफी रहने छ । फिल्मका गीत शान्ति प्रिय, उत्तम गौडेल र लोकराज अधिकारीले लेखेका छन् ।

 



 

यस्तै सोही कार्यक्रममा अभिनेत्री शुभेच्छा थापाले निर्माण गरेको फिल्म 'मिस नेपाल'को अडियो सार्वजनिक गरियो । विकास चौधरीको संगीत तथा शंकर अधिकारी घायलको ४ वटा गीतमा शिवानी मोक्तान, राज पौडेल, सन्तोष लामा, मनिषा पोखरेल र शिव परियारको स्वर रहेको छ । फाल्गुन महिना तिर रिलिज हुने बताईएको उक्त फिल्मलाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका हुन् । फिल्ममा निर्माता थापा सहित सबिन श्रेष्ठ, क्षितिजा शाक्य लगायतको अभिनय छ ।