दोस्रो संविधानसभाको निर्वाचनमा नेता जस्तै हाम्रा फिल्मकर्मी बिच माहोल बन्यो । आफु निकट पार्टीका उम्मेरदवारलाई बहुमत दिलाउने अभियानमा सहभागी हुन फिल्मकर्मीलाई भ्याइनभ्याइ भयो ।
०७० को संविधानसभा चुनावमा राजनीतिक दलले फिल्मकर्मीलाई राम्रैसँग प्रयोग गरे । आफै उम्मेरदवार भए जसरी कलाकर्मी सुटिङ र डविङ नै छोडेर पार्टीको कार्यक्रममा दौडिए । निर्वाचनको समानुपातिक तर्फको मत काउन्ट भैरहेको छ । प्रत्यक्षमा विजयी उम्मेरदवारले विजयको उत्सव मनाउन व्यस्त भैरहंदा निर्वाचनमा सक्रिय भएर लागेका फिल्मकर्मी भने गुमनाज जस्तै देखिएका छन् ।
विशेष गरी एमाओवादीको समर्थनमा मेची महाकाली चुनावी अभियानमा दौडिएका फिल्मकर्मी कहाँ के गर्दैछन् ? अभिव्यक्ति राख्ने साझा थलो बनेको फेसबुकमा पनि एमाओवादी निकट कलाकर्मी सक्रिय देखिएका छैनन् । हँसिया हतौडालाई भोट दिउँ भन्दै फेसबुकमा छाउने फिल्मकर्मी प्रत्यक्ष तर्फको मत गणनामा पार्टी निकै पछि परेपछि भने फेसबुकमा समेत निस्क्रिय देखिएका हुन् ।
त्यस्तै प्रत्यक्ष र समानुपातिकको मत गणनामा समेत पार्टी पहिलो भएपछि काङ्ग्रेसी फिल्मकर्मीले भने फेसबुकमा उत्सव मनाइ रहेका छन् । अन्य पार्टीका हार्ने नेतालाई गाली गर्दै काङ्ग्रेसी फिल्मकर्मीले फेसबुकमा उत्सव मनाउने क्रम रोकिएको छैन ।
कम्युनिष्ट पार्टी एमालेबाट समानुपातिकमा परेका अभिनेता भुवन सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय छन् । अझ आफु निकट नेता माधवकुमार नेपालले दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेपछि त भुवनलाई निकै खुसी मिलेको छ । माधवको विजय उत्सव र्यालीमा भुवन पनि सहभागी थिए ।

