Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

गसिप । राजेश र रेखा दुवै गफाडी !

फिल्मीखबर, काठमाण्डौ, 2013/11/26

नेपाली फिल्म जगतमा जो कोहीलाई राजेश हमाल र रेखा थापाको स्थान लिन त्यती सहज नहोला । राजेश र रेखा यस्ता भाग्यमानी कलाकार हुन्, जो ग्रामीण र शहर दुवै क्षेत्रका दर्शकको मनमा बस्न सफल छन् ।

 

दर्शकका प्रिय राजेश र रेखा आफ्नो बोलीमा चाहिं कत्तिको पक्का छन् त ? स्वतन्त्र राजेश र एमाओवादी कमरेड रेखाले बोलेका कतिपय कुरा पूरा हुन बाँकी छन् । महानायक भनेर समेत सम्बोधन गरिने राजेशले फिल्म निर्देशन गर्छु भनेको बर्षौं बितिसक्यो । दिवंगत मामा निर्देशक दिपक रायमाझीले निर्देशन गरेर अधूरै छोडेको फिल्म 'डेस्टिनेशन काठमाण्डौ'लाई राजेशले पूरा गर्ने वचन दिएका थिए । उनको वचन पूरा हुन सकेन ।



राजेश यतिबेला फिल्म निर्देशन भन्दा पनि बिहेको प्रसंगले चर्चामा छन् । बिहेलाई ढोंगी नाता भनिदिएका राजेशको बिहे प्रेमिका मुधु भट्टराइसँग हुनेमा पनि धेरैले अनेकथरी टिप्पणी गर्न थालेका छन् । राजेशले बिहे गर्लान् ? उनको यो बिहे गर्छु भन्ने गफै त हैन ?

 

त्यस्तै अभिनेत्री रेखा थापाले पनि फिल्म निर्देशन गर्छु भनेर गफ दिएको धेरै भैसक्यो । रेखाले पति छवि ओझालाई छोडेको एक वर्ष बढी भैसक्यो । तर, फिल्म निर्देशन गर्ने कुरा गफमै सिमित भएको छ । छविसँग छुट्टिएर एउटा फिल्म प्रदर्शन गरी अर्को फिल्मको सुटिङमा निस्कने तयारी गर्दा समेत रेखाले निर्देशन गर्ने कुनै सुइको पाइएको छैन । ३० वर्षको जन्मदिन मनाएसँगै आफु परिपक्व भएको बताउने रेखाले फिल्म निर्देशन चाहिं कति वर्षमा गर्लिन् ?