Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बिना रोकावट `लोफर` पास

फिल्मीखबर, काठमाण्डौ, 2013/11/26

नेपाल चलचित्र जाँचपास समितीले छबिराज ओझाले निर्माण गरेको फिल्म 'लोफर'लाई सबै वर्गका दर्शकले हेर्न मिल्नेगरी 'युनिभर्सल सर्टिफिकेट' दिएको छ । निर्माता ओझाले 'यू' सर्टिफिकेट पाएको फिल्मलाई सिङ्गल सहित पहिलो पटक 'आफ्नो व्यानरको फिल्म मल्टिप्लेक्स हलमा रिलिज गर्दैछन् ।

 

 

एक्सन, लभ, रोमान्स, कमेडी सहितको सुधारिएको मसलेदार फर्मुला फिल्म 'लोफर'लाई डेब्यू गर्दै आदित्य विक्रम लम्सालले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल 'क्षेत्री', रजनी केसी लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा सोनाल सापकोटा र आदित्य विक्रमले संगीत भरेका छन् । फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।