Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सौर्य`को हल ट्रेलर हेर्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2013/11/26

राष्ट्र निर्माताको शक्ति र वर्तमान युगका पात्रहरुबीचको आपसी सम्बन्धमा आधारित रहेर निर्माण गरिएको सुपर हिरोको फिल्म 'सौर्य'को हल ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक गरिएको प्रोमोलाई केहि परिमार्जित गरेर निर्माण युनिटले नयाँ प्रोमो रिलिज गरेको हो ।

 

 

यहि मंसिर २८ गते सार्वजनिक हुन लागेको यो फिल्मलाई मार्कन्ड्य दीपविम बस्नेतले निर्देशन गरेका हुन् । फिल्मलाई हाकिम इन्टरटेन्मेन्टको व्यानरमा सुरेन्द्र गुरूङले निर्माण गरेका हुन् । फिल्ममा राजेश हमाल, सौगात मल्ल, अनुपबिक्रम शाही, हेमा श्रेष्ठ, रवि बस्नेत, शुशिल पोखरेल, रबिन्द्र खड्का लगायतको अभिनय हेर्न सकिन्छ ।

 

रामेश्वर कार्कीको छायाँकन रहेको यस फिल्मलाई चन्दन दत्त र विशाल कोईरालाले सम्पादन गरेका हुन् भने द्धन्दनिर्देशन शंकर महर्जन, संगीत सिकफोर बिट्सको रहेको छ । फिल्मका लेखक सुवास सिंह बस्न्यात हुन् ।